जाल झेलमा परि भुमिहिन हुने गंगा राजबंशी राजबंशी समुदायका अधिकांश हुने खाने देउनीयाहरुको सोझोपनको फाईदा उठाई ठगी जाल साजीमा परि आफनो पैतृक सम्पतिबाट बिमुख पारि सुकुम्बासी जीवन विताउन पारिएका हजारौं उदाहरण मध्ये चारपाने – ३, कचुबारीका देउनीया गंगा राजबंशीलाई भुमिहिन बनाईएको सत्य कथा यहाँ प्रस्तुत गरिएको छ । यो कथा तयार पार्दा सम्म उहाँ जिवित हुनु हुन्छ र घैलाडुब्बा गा.बि.स बार्ड नं ७मा सुकुम्बासी जिवन बिताईरहनु भएको छ भने पिडक पनि जिबितै रहेको साथै उ अहिले अरबौको जग्गाको मालिक भएर शाही ठाटबाटको जिवन बिताईरहेको छ । हल चारपाने – ३ विर्ताबजारबाट पश्चिम...