राधिका–प्रथम मिस राजवंशी
शोसियल अर्गनाइजेशन अफ राजवंशी एब्रोअरिजिन्स (शोरा)ले आयोजना गरेको मिस राजवंशी –२०११ प्रतियोगिताको पहिलो ताज पहिरिन दुवागढिकी २३ बर्षिया राधिका राजवंशी सफल भएकी छिन । अशोज १५ गते बिर्तामोडको अग्रसेन भवनमा आयोजना गरिएको मिस राजवंशी प्रतियोगितामा झापा र मोरङका २२ राजवंशी सुन्दरीहरुलाई पाखा लगाउदै मिस राजवंशीको उपाधि रक्षा गरेकी थिइन । । उनले उपाधि संगै नगद २५ हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगिताका मुख्य निर्णयक तथा चलचित्र निर्माता अशोक शर्माले सोधेको ‘ तपाई छोरा भएर जन्मिएको भए के गर्नुहुन्थ्यो ?’ भन्ने प्रश्नमा उनले छोरा छोरी भनेर कसैलाई विभेद नगर्ने र यदि छोरा भएको भए यो विभेद हटाउन लागिपर्ने थिए भनेर जवाफ फर्काएकी थिइन । त्यहि जवाफले उनलाई मुकुट जिताउन सफल भयो । उनले उपाधि संगै मिस टयालेन्टको उपाधि पनि जितिन । प्रतियोगितामा फस्ट रनर अपको टाइटलहल्दीबारीकी माया राजवंशी र सेकेन्ड रनर अपेर टाइटल चारपाने बैशावाडीकी ममता राजवंशीले जितिन । उनीहरुले क्रमशः १५ हाजार रुपैयाँ र १० हाजार रुपैयाँ जिते ।त्यसैगरी प्रतियोगितामा बेस्ट स्माइल ममता राजवंशी, बेस्ट फिगर पबित्रा राजवंशी, बेस्ट क्याटवाक निलम राजवंशी, बेस्ट फोटोजेनिक मन्जु राजवंशी, बेस्ट स्किन ज्योति राजवंशी, र बेस्ट हेयर रेवति राजवंशीले जिते । प्रतियोगितामा कलाकार तथा निर्माता अशोक शर्मा, नेपाल पत्रकार महासंघेर केन्द्रिय सदस्य मोहन काजि, राजवंशी पहिलो महिला डाक्टर लिलि राजवंशी, राजवंशी समाज विकास समिति जिल्ला अध्यक्ष टोमलाल राजवंशी, मिस पुर्वाञ्चल २०१० सबिना सुब्बा आर राजवंशी पहिलो महिला अधिकृत अनिता राजवंशीले निर्णयकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रमको अध्यकछता शोराका अध्यक्ष डा. गौतम राजवंशी र कार्यक्रम संचालन अजर्नु राजबशी र जशोदा राजबशीले गरेका थिए । प्रतियोगिलामा करियोग्राफर नविन लुइटेल र फेसा डिजाइनर रोहित राजवंशीले प्रतियोगिहरुलाई प्रशिक्षण दिएका थिए ।