Miss Rajbanshi RadhikaRajbanshi

First Miss Rajbanshi in the History Of Rajbanshi Society.

Cooch Bihar Palace

We are Proud of our Culture, Language, History and Society....

Miss Rajbanshi 2012

Miss Rajbanshi 2012 Rebika.

Miss Rajbanshi 2012 Winners

Miss Rajbanshi Rebika(center), 2nd Runnerup Usha( left) and and 1st runnerup Sapana(right).

Maharani-Gayatri-devi

India's Beauty Legend: Rajmata Gayatri Devi

Friday, April 5, 2013

Final preparation of Kochila Ekta Morcha's First national convention

Final preparation of Kochila Ekta Morcha's First national convention in Gauriganj on 30th and 31st Chaitra 2069 is Complete. They held a Press Meet in Birtamode and appealed for making the National Convention Successful to all the peoples of Kochland. Press Release of Kochila Ekta Morcha is given below

मितिः २०६९/१२/२४

कोचिला एकता मोर्चा, केन्द्रिय कमिटिको प्रेस रिलिज

२०६२ / २०६३ को जनआन्दोलन र मधेस आन्दोलन, दश बर्षे जनयुद्धको उपलब्धिको रुपमा हाम्रो देश संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरिसकेको अवस्थामा पटक पटक संबिधान सभाको म्याद थपिदै अब अन्तिम पटक २०६९ साल जेठ १४ गते सम्पुर्ण आदिबासी जनजाती, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक नेपाली जनताहरुको अधिकारलाई समेटने नया संबिधान पाउने आशामा बसिरहेको बेला देशका ठुला भनाउदा दलहरुले संबिधान सभालाई बिघठन गरि कानुन बिपरित केहि महिना तलब भत्ता पचाउन सरकार चलाएर अब फेरि कानुनका रक्षक मानिएका देशका प्रधानन्यायधिसलाई सरकार चलाउन दिएको नेपाली जनतालाई बिद्धितै छ र देश फेरि संबिधान सभाको चुनाबमा जाने प्राय निश्चित भैसकेको छ । तसर्थ संबिधान सभाको चुनाबमा कोचिलाराज्य सहितको राज्यपुनसंरचनाको खाका लिएर देशका ठुला भनाउदा दलहरु चुनाबि घोषणा पत्रमा राख्ने कुरा सबैे कोचबासीहरुले बुझेको छ तर अबका दिनहरुमा फेरी पनि सोझा साझा कोचहरुलाई भोट बैंक बनाएर गैरकोचहरुले उनीहरुको रगत पसिनामा रझाई गर्ने दिवा सपना नदेख्न ति स्यालहरुलाई खबरदारी गर्न चाहन्छौं र यस्तो चलखेल देशका सुदुरपुर्व जिल्लाका भुमिपुत्र कोचआदिबासीहरुलाई कदापी मान्य छैन र सोहि अनुरुपको ब्वासाहरु कुनै राजनैतिक दलले ल्याए फेरी नयाँ क्रान्ति , आधिकारको लागि जस्तो सुकै लडाइ लडन हामी तयार रहेको जानकारी गर्न चाहन्छौं । नया नेपालको नयां संबिधान पाउनको लागी देश भरका नेपाली जनताले ६०१ जना सभासदलाई दिएको म्यान्डेट बिपरित ब्यक्तिगत स्वार्थ र दलहरुको खिचातानीले पटक पटक म्याद थप्दा पनि अग्रगामी र पुर्वका कोच समुदायहरुको अधिकार मुखि संबिधान आउने आशामा बिश्वस्त रहि केहि पनि कदम नचलाएको तर अहिले अब अन्तिम घडीमा ऐतिहासिक आन्दोलन र कोच राज्यकाशहिदहरुको बलिदानीलाई बेवास्ता गर्दै कोचिला राज्यमा कोच अग्राधिकार भएकोे चुनाबी घोषणा पत्र र गैरकोच उमेद्धवार जारि गरि कोचबासीका आँखामा छारो हाल्ने र देशलाई अन्यौल तिर धकेली यहाँका जनतालाई फेरी पनि बलिको बोका बनाउन गइरहेको सम्पूर्ण राष्टिय राजनैतिक दलहरुलाई चांडै पार्टी भित्र आन्तरिक सहमति गरि संबिधानसभाको चुनाबी घोषणा पत्रमा र पछि बन्ने संबिधानमा आत्मनिर्णयको अधिकार सहितको कोचिला राज्य, सम्पुर्ण जनताको भावनालाई समेटी जनअधिकारमुखी संबिधान बनाउन र नयां संबिधानमा आदिबासी जनजातीहरुले प्राप्त गर्ने स्वयत्त राज्य, अन्तराष्टिय अभिसन्धि आई.एल.ओ १६९ अक्षरस पालना हूने गरि आदिवासी जनजाती मैत्री संबिधान निर्माण गर्न तिर अग्रसरता देखाउन यस कोचिला एकता मोर्चाको पहिलो राष्टिय अधिबेषण मार्फत सम्पूर्ण राजनेता तथा राजनैतिक दलहरुलाई हार्दिक अपिल गर्नेछौं । साथै हजारौ नेपाली सपुतहरुको रगतको बलिदानी पछि प्राप्त संविधान सभा नै कहिले नचाहेको मुठी भरका संबिधान बिरोधि तत्वहरुको बिरोध गर्न संघियता, गणतन्त्र र जनपक्षधर सम्पुर्ण राजनेता र राजनैतिक दलहरुलाई अनुरोध गर्दछौं भने संघियता, गणतन्त्र रक्षार्थ आआफनो स्थानबाट कोच अधिकारको आवाज उठाउन सम्पुर्ण अग्रगामी कोचिला राज्यका जनताहरुलाई हार्दिक अपिल गर्नेछौं ।
यस पत्रकार सम्मेलन मार्फत कोचिला एकता मोर्चाको पहिलो राष्टिय अबिधेशनको सम्पुर्ण तयारीहरु भैसकेको जानकारी गराउन चाहन्छु । उक्त अधिबेशनको लागि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष बिजय कुमार गछद्धार प्रमुख अतिथि साथै डा.चैतन्य सुब्बा, क.देब गुरुङ, अशोक राई , राजकुमार लेखी, आङकाजी शेर्पा, नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद झापा, मोरङ, सुनसरीका अध्यक्ष लगायतका कोच राज्य स्थापनार्थ आ – आफनो ठाउबाट योगदान पुर्याउदै आउनु भएका बिशिष्ठ महानुभाबहरुले उदघाटन सत्रलाई सम्बोद गर्ने कुरा पत्रकार मित्रहरुलाई जानकारी गर्न चाहन्छु । कोचिला एकता मोर्चाको प्रथम राष्टिय अधिबेशन यहि मिति २०६९ साल चैत्र ३० , ३१ गते गौरिगंञ्ज उच्चमा.बिको प्राङगनमा गर्ने तय भएको हुँदा उक्त दिन कुनै प्रकारका बन्द हडताल कार्यक्रम नगरिदिन हुन सम्पुर्ण राजनैतिक दल , संघ संस्था र सर्वसाधरणहरुलाई अनुरोध गर्दछौं । हाम्रो अधिबेशनलाई सफल पार्न १५००। जना (Special Task Force) एस.टि.एफ स्वयमसेवकलाई तालिम दिई उक्त अधिबेशन सफल गराउन परिचालित गरिने कुरा यहाँहरुलाई जानकारी गर्दछौं । comrade भरत राजबंशीको संयोजकत्वमा एस.टि.एफ परिचालन समिती, कमरेड भाष्कर को संयोजकत्वमा साँस्कृतिक समिति, कमरेड कूसुमको संयोजकत्वमा अतिथि सत्कार समिती, कमरेड ब्रहमलालको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ भने उप – उसमितीहरु पनि गठन गरिएको छ ।

संयोजक
कोचिला एकता मोर्चा

प्रथम राष्टिय अधिबेशन मुल आयोजक समिति

Thursday, April 4, 2013

नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू – नवराज सुब्बा


नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू – नवराज सुब्बा

१.१ पृष्ठभूमि
पूर्वी नेपालकोकोच समुदाय राजवंशी नामले परिचित छ । यो समुदाय मोरङ र झापा जिल्लाका विभिन्न भागमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ हुन्छ “राजपरिवार” अर्थात् “राजवपरिवारसंग आबद्ध” । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनेका हुन् । यसले के कुरा बुझाउँछ भने यो समुदायको कुनै समय समृद्ध राज्य र सम्पन्न संस्कृति थियो । राजबंशी जातिलाई कोच अर्थात् कोचे भनेर पनि चिनिन्छ ।
वर्तमान पूर्वी नेपालको कोशी नदी पूर्वको तराई खण्ड पौराणिक कालमा ज्योतिषपुर तथा प्राचिन कामरुप अन्तर्गत पर्दथ्यो भन्ने इतिहास पाइन्छ । रामायण, महाभारत, तन्त्र पुराण आदि हिन्दू धार्मिक ग्रन्थहरूमा प्रागज्योतिष कामरुप देशको उल्लेख गरेको पाइन्छ । महाभारतकालमा प्राग्ज्योतिषको कामरुपको सीमा दक्षिण बंगोपसागर र पश्चिम करोतोया नदीसम्म फैलिएको थियो । सो समयामा करोतोया एउटा विशाल नदी
थियो र वर्तमान टिष्टा, कोशी र महानन्दा यी तीनवटा नदी एकैसाथमा मिलेका थिए (गेइट्, सर एडवार्ड, १९९३) । योगिनी तन्त्रको वर्णन अनुसार पश्चिम कारोतोयादेखि दिक्करवासिनीसम्म, उत्तर दिशामा कञ्चगिरी, पूर्वमा तीर्थश्रेष्ठ दीक्षा नदी तथा दक्षिणमा ब्रम्हपुत्र र लाक्षा नदीको संगमस्थलसम्म कामारुप साम्राज्य फैलिएको थियो जसलाई पछि इतिहासमा कामतापुर भनियो । प्रसिद्ध इतिहासकार शरतचन्द्र घोषालका अनुसार कोच जाति बुझाउने शब्द संकोश शब्दबाट अपभ्रंश भएको हो (घोषाल, २००७) । यसरी हेर्दा हालको आसाममा अवस्थित सन्कोश नदी, कोश र कोशी नदी भौगोलिक क्षेत्रभित्र प्राचीन कालदेखि बसोबास गर्दै आएका मानिसहरूलाई कोच भनिन्छ (को.रा.मु.मो., २०६६) । सत्रौं र अठारौं शताब्दीमा दक्षिणको बिहार र उत्तरको मोरङदेखि भारतको आसामसम्म फैलिएको कोच साम्राज्य भारतमा अङ्ग्रेजहरूले र झापा, मोरङ, र सुनसरी जिल्लालाई नेपाल अधिराज्यले गाभेपछि कोचहरूको राजनीतिक इतिहासको अन्त्य भयो (विष्ट, डोरबहादुर, २०५५) ।
आर्यहरूको आगमन भन्दा अगाडिदेखि नै आफ्नै संमृद्ध संस्कृति र गौरवशाली परम्परा चलाएर राज्य गर्दै आएका कोच आफूभन्दा बढी शक्तिशाली र समुन्नत ठह¥याएका जाति र वर्गहरूका अगाडि आफ्नो आत्मसम्मान र मर्यादामा क्रमसः पतन हुन थाल्यो । धेरैजसो कोच ब्राम्हण पुरोहितहरूका जजमान बन्न थाले । उनीहरूले लुकीछिपी जात बदल्न थाले । सभ्य बन्नको लागि आफ्नो जातको नाम बदलेर आफूलाई राजपूत सरहको राजवंशी भन्न थाले । तर यसबाट कोचहरू बीचमा फूट आयो । फलस्वरुप राजपरिवार तथा सम्पन्न कोचहरू राजपूत सरह राजवंशी हुन सफल भए भने कोही मुसलमान धर्म ग्रहण गर्न पुगे (विष्ट, डोरबहादुर, २०५५) । अहिले राजवंशीलाई सामाजिक रूपमा तीन समूहमा बाँडिएको देखिन्छ (१) हिन्दू राजवंशी (२) मुसलमान राजवंशी र (४) कोच (Gautam R., A. Thapa-Magar A(1994) । राजवंशीको सामाजिक अवस्था निकै जटिल छ । प्रा. ईश्वरगोविन्द श्रेष्ठका अनुसार राजवंशी जातिमा चारवर्ण व्यवस्था छ जो यसप्रकार छ– (१) ठाकुर गोसाई (कुलगुरु), (२) चन्द्रवंशी खोत्री राजवंशी, (३) बोङाहा, ताजपुरिया, गेनगाइ, कोच र (४) कोच, कहार, हाडी (श्रेष्ठ, ईश्वरगोविन्द, २०४२) । यसरी यो जातिभित्रै पनि उँच नीचका आधार स्वयम् आफ्नै जातिबाट निर्माण भएको पाइन्छ । कोच राज्यको पतनपछि हिन्दू वर्णाश्रम व्यवस्थाले यो जातिको परम्परागत सास्कृतिमा प्रभाव पारेको र सास्कृतिक रूपमै सामाजिक विविधतालाई पश्रय मिलेको देखिन्छ ।
परिचय
मोरङ, झापा र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशीहरूको जनसंख्या सन् २००१ को तथ्याङ्क अनुसार ९५,८१२ रहेको छ । यो जातिको प्रमुख पेशा खेती हो । हाल आएर यो जाति मजदूरी लगायतका अन्य पेशामा पनि संलग्न छन् । आफ्नो संस्कृति, परम्परा, भाषा र साहित्यमा यो जाति धनी छ । यो जातिको शारीरिक बनोट हेर्दा मंगोल र अष्ट्रिक जातिको मिश्रित तथा छाला खैरो र श्याम मिश्रित रङ्गको छ (Voice of Rajbanshi, 2012)। यिनीहरूलाई इन्डोमङ्गोलोयड वर्गभित्र पर्ने कोच र मेच समूहभित्र राखिएको छ (बोस; १९७३ः९) । उनीहरू आफूलाई क्षेत्रिय राजकूलको ठान्दै प्रारम्भमा विराटराजाले आश्रय दिएको मान्दछन् । पूर्वी नेपालमा शासन गर्ने किचक उनीहरूकै आदिपूर्खा भएको विश्वास गर्दछन् (खतिवडा र दाहालः २०६७ः ३३३) । यही कारणले उनीहरूले आफूलाई राजाका सन्तानका रूपमा राजवंशी भनेका हुन् । मध्यकालतिर यिनीहरू कुचविहार क्षेत्रमा शासन गरेर बसेको अनुमान तत्काल पूर्वी नेपालको तराई प्रदेश पनि त्यसै राज्य अन्तर्गत पर्दथ्यो । तर यसको प्रभाव यस भेकमा लामो समयसम्म पर्न सकेन । कालान्तरमा इसाको १४ औं शताव्दीतिर यस भेगमा धनपाल नामक राजाले धनपालगढीलाई किल्ला बनाएर शासन गरेको देखिन्छ (खतिवडा, २०६८) । संभवत राजा धनपाल राजवंशी रजौटा थिए । कामरुप लगायत कुचविहारसम्म शासन चलाएर बसेका राजवंशीहरूले यही भेकमा पनि शासन गर्न स्वभाविक थियो । कालान्तरमा किरात मुरेहाङको आक्रमणबाट धनपालगढी ध्वस्त भएको र राजवंशीहरू उत्तरतिर पहाडको तल्लो भागमा वसोवास गर्न लागेको बुझिन्छ । राजवंशीहरूले बोल्ने भाषालाई भने ताजपुरिया भनिन्छ (पन्त, २०४१) ।
१.२ कार्यपत्रको उद्देश्यहरू
प्रस्तुत कार्यपत्रका मुख्य उद्देश्यहरू निम्नानुसार छन् ः
(१) नेपालका राजवंशी मसुदायका प्रचलित मौलिक साँस्कृतिक परम्पराहरू स्पष्ट पार्नु ।
(२) उनीहरूको साँस्कृतिक परम्पराको परिवर्तनको अवस्था स्पष्ट पार्नु ।
(३) उनीहरूको मौलिक संस्कृति संरक्षण गर्न चाल्नु पर्ने आवश्यक कदमहरू उजागर गर्नु ।
१.३ अध्ययनको औचित्य र महत्व ः कोचहरूको आफ्नो छुट्टै गौरवमय इतिहास, भाषा, लिपि, संस्कार, संस्कृति र मौलिकता छन् । यो जाति र यिनका संस्कृतिमाथि घोषित, अघोषित रूपले विभिन्न किसिमका अतिक्रमणहरू भएका छन् । नेपालको आदिवासी जनजाति मध्ये एक समृद्ध सांस्कृतिक परम्परा भएको राजवंशी जाति आफूलाई राज्यको मूलधारमा नपरेको गुनासो गर्दछ (को.रा.मु.मो., २०६६) । नेपालमा बसोबास गर्ने सबै जाति नेपाली हुन् । सबै जातिको सामाजिक र सांस्कृतिक उत्थान नभई देशको समग्र विकास र दिगो शान्ति सम्भव छैन । प्राज्ञिक दृष्टिकोणले हेर्दा राजवंशी जातिको सामाजिक सास्कृतिक परम्परमा धेरै उतारचढाव आएको देखिन्छ । राजवंशीका कतिपय संस्कृति र परम्परा हिजो नेपालीकरण हुँदा र आज विश्वव्यापीकरण हुँदा लोप हुदै आएको छ भने कतिपय परिवर्तित, परिमार्जित र अनुकूलित हुँदै आएका छन् । यिनको अभिलेखिकरण गर्नु प्राज्ञिक जगतको दायित्व हो । यसका साथै यस अध्ययनबाट प्राप्त सूचनाका आधारमा यो जातिको वर्तमान सामाजिक–सांस्कृतिक स्थितिको मूल्याङ्कन गर्दै सीमान्तिकरणमा पारिएका क्षेत्र केलाउँदै भविश्यमा सरकारी तथा गैरसरकारी पहलमा ल्याइने योजना, नीति र कार्यक्रममा सम्बोधन गर्न सघाऊ पु¥याउने यस कार्यपत्रको उद्देश्य रहेकोले वर्तमान परिप्रेक्षमा यसको औचित्य स्पष्ट छ साथै यो महत्वपूर्ण पनि छ ।
१.४ कार्यपत्र तयारी विधि
प्रस्तुत कार्यपत्र तयारीका क्रममा पूर्वी नेपालका राजवंशी समुदायको सूक्ष्म रूपमा अध्ययन गरिएको छ । यसका लागि प्राथमिक र द्वितीयक दुवै प्रकारका स्रोतहरूको खोजी, तथ्याङ्क संकलन गरिएको छ । यसका लागि प्राथमिक तथ्याङ्क स्थलगत रूपमा गरिएको छ । विशेषगरी अन्तर्वार्ताका माध्यमबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको छ । प्रस्तुत कार्यपत्र तयारीका क्रममा प्रतुत विषयवस्तुका बारेमा लेखिएका पुस्तक, लेखरचना तथा सूचनाहरू द्वितीयक तथ्याङ्कका रूपमा प्रयोग गरिएको छ । तिनीहरू विभिन्न संघसंस्था र व्यक्तिका पुस्तकालय र वेभसाइटहरूबाट संग्रहित गरिएका छन् । अन्ततः यी दुवै प्रकारका सूचनाहरूको तुलनात्मक अध्ययन गरि यो कार्यपत्र तयार पारिएको छ ।
२.साँस्कृतिक परम्पराहरू
राजवंशी समुदायका साँस्कृतिक परम्पराहरू उत्कृष्ट र मौलिक छन् । उनीहरू जन्मदेखि मृत्युपर्यन्त विभिन्न प्रकारका संस्कार सम्पन्न गर्दछन्, विभिन्न पर्वहरू मान्दछन् र आफ्नै प्रकारका देवीदेवताहरू पुज्दछन् । जन्म, विवाह र मृत्यु यिनीहरूले सम्पन्न गर्ने मुख्य संस्कारहरू हुन् । यसैगगरी उनीहरूका मुख्य चाडपर्व फगुवा र सिरुवा मानिन्छन् भने ठाकुरपूजा, ठाकुर विसौटी, गरामसेवा, मातासेवा, गुरुगोसाईपूजा, डोलपूजा, सिरुवारास पूजा र चरकपूजा यो समुदायमा प्रचलित छन् (खतिवडा र दाहाल, २०६७) । यसका साथै राजवंशीमा प्रचलित मुख्य मुख्य साँस्कृतिक परम्पराहरू निम्नानुसार छन् ।
२.१ जन्मदेखि मृत्युसम्म सम्पन्न गरिने रीतिरिवाजहरू
२.१.१ गर्भावस्था ः राजवंशी समुदायद्वारा गर्भावस्थालाई दोजुआ भनिन्छ र यो अवस्थालाई महत्वका साथ हेरिन्छ । गर्भावस्थामा महिलालाई शारीरिक र मानसिक रूपमा दुःख दिनु हुँदैन, काममा धेरै लगाउनु हुँदैन, टाढा जान नहुने, खोला तर्न नहुने, नउफ्रने, गह«ौं भारी बोक्न नदिने मान्यता रहेको पाइन्छ । गर्भावस्थामा तनाव भएमा पेटको बच्चालाई पनि नराम्रो असर हुन्छ भन्ने ठानिन्छ । गर्भवती महिलाले नराम्रो कुरा नसुन्ने र नहेर्ने भनिन्छ । यसबेला बाँदर र घोडा हेर्न अशुभ मानिन्छन् । गर्भावस्थामा महिलालाई भूतप्रेत लाग्छ वा देवीदेउता रिसाउला भनेर विशेष ख्याल राखिन्छ । बच्चा खेर गएको वा पहिले वच्चा मरेको भएमा त्यस्ती महिला गर्भवती भएको बेलामा विशेष सतर्कता अपनाइन्छ । भूतप्रेत भगाउन सिरानी मुनि कचिया राख्ने, जडिबुटी लगाउने गरिन्छ । माइतीमा प्रसूतीपूर्व छोरी वा दिदीबहिनीलाई बोलाएर खीर वा अन्य परिकार खुवाउने चलन रहेको पाइन्छ ।
२.१.२ प्रसूती अवस्था ः यस अवस्थामा प्रसूती गराउन दायानी वा कन्ढुकी र लौवा वा ठाकुर वा हजामको महत्वपूर्ण भूमिका हुन्छ । ब्यथा लागेपछि दायानीले स्याहार्ने गर्छिन् । आजकल गाउँघरमा दायानीलाई सूडेनी पनि भनिन्छ उनीहरूले नै बच्चा जन्माउन मद्दत गर्छन् । ब्यथा लामो लागेमा यिनले अस्पताल लैजाने सल्लाह पनि दिन्छिन् । घरमा बच्चा जन्मदा कन्ढुकीले बच्चाको नाल काट्ने गर्दछन् । बच्चा जन्मेपछि सफा नाङ्लोमा राखेर घरदेवता, सूर्यदेवता, गाउँदेवता तथा अन्य देवीदेवताको आशिर्वाद प्राप्त गरिन्छ ।
शनिबार बाहेकका दिनमा ५ दिनमा वा पछि सुत्केरी र वच्चालाई शुद्ध पारिन्छ । यसरी जन्म शुद्धी पार्दा बच्चाको नङ काटिन्छ र केश खौरिने काम गरिन्छ । यसबेलामा घर लिपपोत गरिन्छ । धूपवात्ति गरेर घर, कल आदिको शुद्याई गरिन्छ । चोखिने दिनमा हजुरआमा वा घरमूली वा छिमेकीले नाम दिने काम गर्दछन् । देवता, प्रकृति, घटना, महिना, दिन, समय, याम, सामाजिक सास्कृतिक घटना वा वस्तु, चरा, जीवजन्तुहरूका नामहरूलाई आधार मानी बालबालिकाको नाम राख्ने चलन छ । ५ देखि ९ महिनामा बच्चाको पास्नी गरिन्छ । केवल जेठो सन्तानलाई मात्र पास्नीको आयोजना गर्ने गरिन्छ । मावलीबाट खीर बनाएर खुवाउने काम गरिन्छ । कानछेदबार अर्थात् कान छेडने काम गरे पछि मात्र उक्त बच्चाको भविश्यमा विवाहको बाटो खुल्छ । महिनावारीलाई राजवंशी संस्कृतिमा सामान्य रूपमा लिइन्छ र यस अवस्थामा महिलालाई पूजाआजामा चारदिन बार्ने चलन छ ।
२.१.३ विवाह ः राजवंशी जातिमा विवाह गर्नको लागि कर्वा अर्थात् मध्यस्तकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । केटाको पक्षबाट जाने मध्यस्तकर्तालाई केटीको पक्षबाट नगद राशी अर्थात् चुमानको प्रस्ताव गरिन्छ । यदी प्रस्ताव अनुसार केटापक्षबाट भर्न सकेमा तत्काल विवाहको लागि स्वीकृति मिल्न सक्छ । जसले माग बमोजिम चुमान बुझाउन सक्दैन त्यस अवस्थामा केटाले केटीको घरमा निश्चित अवधि बसेर काम गरिदिनु पर्छ जसलाई डङ्गुवा भनिन्छ । डङ्गुवाको कुनै अधिकार हुँदैन । तर यो चलन आजकल क्रमसः लोप हुँदै गएको छ । मागी विवाह गर्दा केटाको तर्फबाट केटाको बाबु सहित ५ जनाको टोली केटीको घर जान्छन् । केटाको बाबूले केटीसंग सामान्य वार्तालाप गर्छन् र फर्कन्छन् । फर्कदा यदी कुनै अशुभ घटना घट्यो भने त्यो केटीसितको विवाह प्रस्ताव अघि बढ्दैन । यदी त्यस्तो केही नभएमा वा केटी चित्तबुझ्दो लागेमा करवाको माध्यमबाट विवाहको प्रस्ताव अगाडि बढाइन्छ र पुनः भेट गर्ने मिति तय गरिन्छ । केटी माग्न केटीको घरमा जाने बेलामा घरबाट निस्कँदा ढोकामा कलस र दूबो राखिन्छ र अलिकति दूवो झिकेर दाहिने कानमा सिउरिदैं केटीको घरतिर हिडिन्छ । केटीको घरमा पुगेपछि केटाका बाबु लगायतको टोलीलाई भव्य स्वागत गरिन्छ । केटाको बाबु लगायतको टोलीको गोडा धुने, तेल लगाइदिने काम गरिन्छ । त्यहाँ पनि ढोकामा दूबो कलस राखिएको हुन्छ र सोही दूबो केहि लिएर पाहुनाले दाहिने कानमा सिउरे पछि पाहुनालाई आँगनमा राखिन्छ यसलाई आँगनचढानी वा चुक्ती भनिन्छ । केटीलाई पनि सोही आँगनमा बोलाइन्छ । केटाको बाबुले केटीका हात हेर्छन् र हत्केलामा दही र बेसार मिश्रित मसीको ५ रेखा कोरि दिन्छन् जुन कार्यलाई केटापक्षको कूलप्रवेशका निम्ति केटीलाई औपचारिक निम्तो दिएको मानिन्छ र विवाह पक्का गरिन्छ । यसैबेलामा केटापक्षबाट केटाको बाबुले केटीलाई गच्छे अनुसार चुमान अर्थात् नगद, सुन आदि दिने प्रचलन छ ।
विवाहको दिन बेहुलाले नुवाईधुवाई गर्दछ र बेहुलाका विवाहित दिदीवहिनी, भाउजु, फुपूहरूले बेहुलाको शरीरमा बेसार, बोझो र सुगन्धित तेल दलिदिन्छन् जसलाई कासाकुटा भनिन्छ । यस पछि आमथामपूजा गरिन्छ जसमा बेहुलाले आँपको रुखलाई पाँच चोटी परिक्रमा गरेर नगद, पानसुपारी, दूबो चढाइन्छ । विवाहको दिनमा गोसाइँ ठाकुरद्वारा बेहुलालाई पारिवारिक मन्दिरमा लगेर मन्त्रोच्चारण गर्दै आत्मा शुद्ध बनाइन्छ र बेहुलाको हातमा चक्कुमा सुपारी गाडेर बोक्न दिइन्छ र बेहुलीको घरमा हिडाइन्छ । बैंण्डबाजा सहितको वरियात बेहुलीको घरमा जान्छ । बेहुलीको घर पुग्ने बेलामा केटीको तर्फबाट केही केटाकेटीले बाटो छेक्छन् । जब बेहुलाले केही नगद वा पानसुपारी दिन्छ तब मात्र बाटो छोडिन्छ । मरुवा अर्थातु आसनमा बेहुला र बेहुली दुवैजनालाई सँगै राखिन्छ । केटीका पिताले बेहुलालाई आफ्नी छोरी सुम्पदै तीन पटक सोध्छन्– “के तिमीले मेरी छोरी पायौ ?” जवाफमा बेहुलाले पनि तीनै पटक जवाफ दिन्छ– “हो मैले पाएँ” । यसरी छोरीको हात ज्वाईको हातमा राखिदिंदै “मारे पाप पाले पुण्य” भनेर केटीका पिताले वाक्य उच्चारण गर्दछन् । बेहुलाले बेहुलीको सिंउँदोमा तीनपटक सिंदूर लगाई दिन्छ । यसरी सिंदूर लगाइदिने क्रममा बेहुलीका बहिनी वा भाउजुहरूले बेहुलालाई अवरोध गर्छन् र केही नगद वा पानसुपारी दिएपछि मात्र छोडिन्छ । यसरी विवाहको महत्वपूर्ण कार्यक्रम पूरा हुन्छ । यसपछि बेहुली लिएर बेहुला बेलुका घर फर्कन्छन् । घरमा आमा अर्थात् सासुले विधिपूर्वक बेहुलीलाई भित्र्याउने वा स्वागत् गर्ने काम गर्छिन् । भोलिपल्ट विवाहभोज आयोजना गरिन्छ जसमा आफन्तजन, छिमेकी आउँछन् । भोजको अलिकति बेसार राखेर खानालाई पहेंलो बनाइन्छ जसलाई ढाकन वा हल्दिभात भनिन्छ । यसरी नवदुलहीलाई सामाजिक रूपमा स्वागत र स्वीकृति प्रदान गरिन्छ । यसरी विवाह आफ्नै जातिमा नै गर्ने चलन रहेको छ । समुदायमा मागी विवाह परम्परा नै बढी प्रचलनमा छ । यदाकदा प्रेमविवाह पनि पाइन्छ । विवाह गर्दा हिन्दू परम्परा अनुसार गरिन्छ ।
२.१.४ मृत्यु संस्कार ः राजवंशीहरूको मृत्यु संस्कारलाई चार खण्डमा बाँड्न सकिन्छ (१) दाहसंस्कार वा सोदगोद (२) तिन सिनान (तेरात) (३) माथा कामनी (खाउर) र (४) भोज । राजवंशी समुदायमा चिहानमा गाडेर वा चितामा जलाएर दाह संस्कार गरिन्छ । यो कुरा मृतकको परिवारमा भर पर्दछ । दाहसंस्कार पछि मालालुआ कात्रिया (क्रियापुत्री) लाई नयाँ सेतो वस्त्रमा १३ दिनसम्म बस्नुपर्ने हुन्छ । दाहसंस्कारको तीन दिन पछि तीन सिनान तेरात (श्राद्ध) गरिन्छ । उक्त दिन किर्तिनियाद्वारा बाजा बजाई मृतकको घरदेखि घाटसम्म क्रियापुत्री र गाउँले, छरछिमेक, नाताकुटुम्बहरू जान्छन् । किर्तिनियाले शोकधुन सुनाउँछन् र पिना र तेल र पिण्ड चढाइन्छ । नदीमा नुहाएपछि आ–आफ्नो केसमा तेल दलिन्छ । तीनदिन पछि ज्वाईचेला र छिमेकहरू चोखिन्छन् । मृतकको घरमा भने १३ दिनसम्म कर्मकाण्ड पूरा गरि स्वस्तिशान्ति गरिन्छ । मृतकका परिवारका सदस्यहरूको खाउर अर्थात् मुण्डन गरेपछि गोसाइ अर्थात् कुलगुरुबाट मृतात्मालाई स्वर्ग पठाउने परम्परा छ ।
२.२ महत्वपूर्ण चाडपर्वहरू ः सिरुवा, जितुवा, दधिकाद, जात्रा, गोरुऔंसी, एकादशी, डोलपावनी प्रमुख पर्व हुन् । यसको साथै डोलपर्व र पो खाँदै फागु पर्व मनाइने चलन छ । राजवंशीहरूले आफूहरूलाई क्षेत्रीयकूलको राजपरिवारका सदस्य मान्दछन् तसर्थ उनीहरूका चाडपर्व हिन्दूपर्व हुन् । दशैं, तिहार, शिवरात्री, अनन्तव्रत र जन्माष्टमी पनि मनाउँछन् । उनीहरू फगुवालाई सबैभन्दा ठूलो चाड मान्दछन् । यो पर्व रङ खेलेर हर्षोल्लासका साथ मनाउँछन् । यसबाहेक सिरुवालाई दोस्रो ठूलो पर्व मान्दछन् । यस अवसरमा ग्रामयानहरूमा पूजाआजा गर्ने र मेला घुम्ने चलन छ । एकादशीको व्रत बस्ने तथा रक्षावन्धनका अवसरमा राखी बाँध्ने चलन छ । यिनीहरूमा मैथिली सँस्कृतिको प्रत्यक्ष प्रभाव रहेको पाइन्छ ।
३ शिष्टाचार ः राजवंशी समाजमा शिष्टाचारलाई विशेष महत्व दिइन्छ । मान्यजनलाई भेट्दा आफूले लगाएको जुत्ता, चप्पल खोलेर प्रणाम, नमस्कार, नमस्ते, बन्दगी, डन्डोत गरिन्छ । आजकल नमस्कार, नमस्ते गर्ने चलन बढेको र डन्डोत गर्ने प्रचलन कम भएको छ । घरमा महिलाको स्थान महत्वपूर्ण हुन्छ । घरमा आमाको खटनपटन बढी चल्छ । अभिभावक वा अभिभावकको स्वीकृति बिना छोरीचेली बाहिर हिड्नडुल्न इज्जतको बर्खिलाप मानिन्छ ।
४ भाषा र लिपि ः यो भाषाको आफ्नै लिपि छ । जसलाई कमरुपी लिपि भनिन्छ । प्राचीनकालमा यो भाषालाई कामरुपी भाषा भनेर भनिन्थ्यो । पछि कामतापुरी, देशी वा राजवंशी भाषा भनिन थालियो । कामरुपी लिपिमा १६ स्वर र ४१ वटा व्यञ्जन गरि जम्मा ५७ वटा अक्षरहरू हुन्छन् (को.रा.मु.मो., २०६६) । यो भाषाको नामाकरण राजवंशी भनेर सर्वप्रथम अंग्रेज भाषाविद् सर जर्ज अब्राहम ग्रियरसनले आफ्नो पुस्तक Linguistic Survey of India मा उल्लेख गरेको पाइन्छ । कामरुपी लिपि ब्राह्मी लिपिबाट विकसित भएको पाइन्छ । यसै लिपिबाट भोटबर्मेली, प्राचीन जापानी टाइ, कोरियाली र जाभाली लिपिको विकास भएको मानिन्छ । कोच भाषा भोट–बर्मेली भाषा वर्गमा पर्दछ । १३ औं शताब्दीदेखि १६ औं शताब्दीसम्म यो भाषाले परिस्कृत रूप ग्रहण गरिसकेको थियो । राजा विश्वसिंह र नरनारायणको पालामा १४ औं, १५ औं शताब्दीतिर यो भाषाले निकै विकास गरेको थियो । कसैकसैले यो भाषालाई असमी, बंगाली भाषाको उपभाषा वा संस्कृत भाषाबाट आएको भाषा भनेता पनि यो पूर्णतः असत्य हो । किनभने यो भाषा बंगाली र आसामी भाषा भन्दा पहिले देखि नै प्रचलनमा रहेको थियो (को.रा.मु.मो., २०६६) र हडसनका अनुसार आर्यहरू भारतीय उपमहाद्विपमा आउनु भन्दा धेरै अगाडि देखि नै कोचहरू यहाँ बसोबास गर्दथे । सोहि कुरा इतिहासविद् डा. श्री लक्ष्मीदेवीज्यूले पनि आफ्नो आसामी भाषाको इतिहास असम देशेर बुरञ्जिमा बर्तमान आसाममा बसोबास गर्ने कोच, मेच तथा अन्य जनजातिहरू वैदिक आर्यहरू आसाममा आउनु पूर्व नै यहाँ बसोबास गर्दै आएका छन् भनेर उल्लेख गर्नु भएको छ (को.रा.मु.मो., २०६६) । यसबाट यो भाषाको छुट्टै अस्तित्व, महत्व र गरिमा रहेको पाइन्छ ।
नेपालमा यस कोच (राजवंशी) भाषाको कुरा गर्ने हो भने यहाँ बसोबास गर्ने कान्गोइ, ताजपुरिया, गेनगाई, हारी, जुगी, तेली, सुडी, देशीमिया, चमार, कम्हार, माली, माक्रा, बोङाहा आदि १२–१३ वटा जनजातिहरूले यसलाई मातृभाषाको रूपमा बोल्ने गरेको पाइन्छ ।
५ कला ः राजवंशी समुदायमा गीतसंगीत, नाचगान, तथा वाद्यवादनको महत्वपूर्ण स्थान छ । समुदायमा दुई प्रकारका गीत पाइन्छन्– (१) धार्मीक लोकगीत (२) सामाजिक लोकगीत । धार्मिक लोकगीत अन्तर्गन गाइन रावनिआ, किर्तिनिआ, तिस्ताबुढी गाअन, डोलेर गाअन, हरिलोट, कुआलिर गीत, गुनेरगीत, चोर–चोनिरगीत प्रमुख छन् जो विभिन्न धार्मिकपर्वहरूमा गाइन्छन् । सामाजिक लोकगीत अन्तर्गत नटुआ गाअन, पाचाली गाअन, सास्तरी गाअन, लाहाङकारी गाअन, हुदुरधुरा गाअन, बेहार गाअन, लग्नी गीत पर्दछन् (को.रा.मु.मो., २०६६) जो विभिन्न वार्षिक पर्वहरूमा गाइन्छन् ।
६. कोच समुदायका वाद्ययन्त्रहरू ः नाचगानमा प्रयोग गरिने विभिन्न वाद्ययन्त्रहरूमा खोल, कर्ताल, मुन्दिला, रामकर्ताल, नेपुर, टाँसी, ढोल, तुरबुरी, ठेनठेनिया, साहेना, ढुल्की, डुगितबला, बाँसी, बेहेला, सेरेन्जा, टेम्की, दोतोरा, घोगोमोगो, हारमुनी, ढाक आदि छन् ।
७. नृत्यहरू ः नटुवा, ढोल, गाउन, चपनहाइ, हुदुरधुरा, बडानाच पारम्परिक रूपमा पाइएको र हाल आएर आधुनिक स्टेज कार्यक्रमहरू पनि लोकप्रिय भएका छन् (Voice of Rajbanshi, 2012)
८. भेष–भूषा र विन्यास ः राजवंशी महिलाको परम्परागत भेषहरूमा पेटानी, गाजी, बाराहाती, झाङ्गा गटी हुन् भने पुरुषहरूको धोती, गाम्चा, पाजाल, चादार, कमिज, पगडी, लङौटी र कछाड हुन् । किशोरकिशोरीले प्रायः रातो, निलो रङ्गको पेटानी, विवाहितले रातो र वृद्धाले सेतो कालो रङ्गको पेटानी बढी रुचाउँछन् । बेहुलीले लगाउने पहिरनलाई बरहथी परिधान भनिन्छ जसमा १६ हातको गुलाबी रङ्गको पेटानी रहन्छ । घघरी अर्थात् घुँघछ ५ हातको हुन्छ जसले मौर अथवा मुकुट बनाउन समेत पुग्दछ । आजकल यो जातिमा साडि ब्लाउज, कमिज, सर्ट पैण्टको प्रचलन बढेको छ (श्रेष्ठ, ईश्वरगोविन्द, २०४२) ।
९. अलङ्कार ः औंलामाऔंठी, कानमा कुण्डल, कनौसी, नाकमा फूली, गलामा हसुली, मुगामाला, पाखुरामा मठा, खरुवा लगाइन्छ ।
१०. खानाका परिकार ः राजवंशी भान्सामा भात, दाल, भाजी, अचार, खसीको मासु, माछा, मुरी, चिउरा, दही प्रमुख खानका परिकारहरू हुन् । यसका साथै पेल्का, कान्जी, खारी, घोलटोल, सुकाती जस्ता परम्परागत झोलिलो खाद्यपदार्थ वा सूप खाने चलन छ । यसका साथै समुदायमा भक्का र पानको पनि विशेष महत्व छ ।
राजेश गौतमले आफ्नो पुस्तक Rajbanshi in Nepal मा यो जाति आत्मा, मृतात्मा, जादू, तुना, भूतप्रेतमा ज्यादै विश्वास गर्ने जाति हो भनेर उल्लेख गरेका छन् (Gautam, R. 2005) । यसबाट यो जातिमा अन्धविश्वासको जरा गाढा रहेछ भन्ने बुझिन्छ । यसर्थ सामाजिक अवस्था तथा ब्यवहारमा सकारात्मक परिवर्तन ल्याउनको लागि यो समुदायमा शिक्षाको खाँचो देखिन्छ ।
११. सामाजिक अवस्था ः प्रस्तुत आलेखका लेखकले झापा, मोरङ र सुनसरी जिल्लामा लक्षित रेन्डम सेम्प्लिङ पद्धति अनुसार ३७५ राजवंशी घरधुरीमा गरिएको सर्वेक्षण, ४ सामुहिक छलफल र १५ गहन अन्तर्वार्ताका आधारमा नेपालका राजवंशीका सामाजिक अवस्था निम्नानुसार भएको पाइयो । राजवंशी जातिमा सरदर धरपरिवार संख्या ४.१४ रहेको छ । ५८.९ प्रतिशत मजदुरी, १६.५ प्रतिशत कृषि, १४.९ प्रतिशत नोकरी र ८.८ प्रतिशत व्यापार व्यवसायमा संलग्न छन् । ३८.४ प्रतिशत राजवंशीलाई ६ महिनाभन्दा कम मात्र आफ्नो आम्दानीले खान पुग्छ । २९.१ प्रतिशतलाई आम्दानीले ६ महिनासम्म खान पुग्छ । वर्षभरि खान पुग्नेको अनुपात समुदायमा केवल एकतिहाई भन्दा कम अर्थात् ३२.५ प्रतिशत मात्र रहेको छ । राजवंशी समुदायमा २१ प्रतिशत बालबलिकामा र १५ प्रतिशत महिलामा रक्तअल्पता भेटिएको छ । राजवंशी बालबालिका ५० प्रतिशत कुपोषित छन् । यो समुदायमा ५ वर्षमुनिका बालबालिकाको बालमृत्युदर ७५ प्रति १००० जीवित जन्म पाइएकोले यो स्थिाति नेपालको सरदर (५४/१०००) स्थिति भन्दा निकै उच्च देखिन्छ ।
उपसंहार
अतीतमा राजवंशी समुदाय अत्यन्त सम्पन्न र गौरवशाली जाति भएता पनि हाल नेपालीकरण र विश्वव्यापीकरणका कारण नेपालका राजवंशीहरूको सांस्कृतिक निधि दिनानुदिन लोपोन्मुख छन् जसलाई सरकारी निकाय, प्राज्ञिक जगत र सामाजिक क्षेत्रबाट संरक्षण र सम्बर्धन गर्नुपर्ने खाँचो देखिन्छ । यसैगरि नेपाली राजवंशीको सामाजिक अवस्था पनि नेपालको सरदर सामाजिक स्तर भन्दा निकै तल रहेको देखिन्छ । यसैले यिनीहरूको सामाजिक स्थिति पनि सीमान्तकृत अवस्थामा छ । तराई क्षेत्रमा बस्ने आदिवासी भएर पनि राज्यको श्रोत, साधन र अवसरको पहुँचमा यो जाति पछाडि परेको देखिन्छ । उच्च गरिबी दर, उच्च कुपोषणको दर, र उच्च बालमृत्यु दरले यो जातिको भविश्य अझ विकराल बन्नेछ । नेपालमा वर्तमान परिवर्तित सन्दर्भमा यो जातिले पनि आफ्नो अवस्थामा सुधार आउने तथा समस्याहरूको सम्बोधन हुने आशा राखेको छ । तसर्थ, यो राजवंशी जातिको शिक्षा, बालस्वास्थ्यमा विशेष जोड दिनु पर्ने र सस्कृतिको संरक्षण, सम्बर्धन र अनुसन्धानको थप आवश्यकता देखिन्छ ।
सन्दर्भ ग्रन्थहरू
को.रा.मु.मो. (२०६६) कोचिला प्रदेश– कोच जातिको इतिहास, कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपाल
खतिवडा, सोमप्रसाद र दाहाल कमला (२०६७) नेपालको साँस्कृतिक पर्यटन, एम.के.पब्लिसर्स, काठमाडौं
खतिवडा, सोमप्रसाद (२०६८) राजा धनपालगढीको इतिहास, कसेनी गा.वि.स. मोरङ, नेपाल
पन्त, शास्त्रदत्त (२०४१) झापाका आदिवासी, साझा प्रकाशन ललितपुर
विष्ट, डोरबहादुर (२०५५) सबै जातको फूलबारी, साझा प्रकाशन काठमाडौं
श्रेष्ठ ईश्वरगोविन्द (२०४२) मोहिनी–३ राजवंशी
Bose, Nirmal Kumar (1973) Some Indian tribes, National Book Trust, New Delhi
Gautam R., A. Thapa-Magar A(1994) Tribal Ethnography of Nepal (vol-1). Delhi: Book Faith India.
Gautam R. (2005) Rajbanshi’s of Nepal, Adroit, ISBN : 8187392495
Ghosal S. (2007) The Kingdom of Kamata Koch Behar in Historical Perspective; Indian Historical Review January 2007 34: 360-361.
Reid, Sir Robert (1983) History of the Frontier Areas bordering on Assam 1883-1941, Reprinted by (Eastern Publishing House Delhi 1983), 99.
Subba, N.R. (2001) Health Seeking Behavior of Rajbanshi, T.U., Institute of Medicine, MPH Thesis
www.soranepal.blogspot.com
http://www.facebook.com/pages/SORASocial-Organisation-of-Rajbanshi-Ab-origines
www.voiceofrajbanshi.blogspot.com website browsed on March 2012

Wednesday, April 3, 2013

Koch Land

Kochila Ekta Morcha, a lead organization in Nepal demanding Kochila Autonomous state is scheduled to inaugurate Kochila anthem during its first National Convention in Gauriganj on 30th and 31st of Chaitra. Central level political leaders Dr. Baburam Bhattarai, Dr. Chaitanya Subba, Aaangkaju Sherpa, Ashok Rai, Dev Gurung, Bijaya Gachhadar, Raj kumar Lekhi are going to address the Convention. The lyrics of Anthem is given below:
Map of Koch Land


कोचिला गान
जाग जाग जाग जाग रे बीर कोचबासीला
ईखान माटी इखान आकाश हामार हए
राज्य हामार कोचिला
कोचिला, कोचिला, कोचिला................

धर्ती पुत्र हाई हामा
बीर जातेर शन्तान
हक अधिकार पुरा कर्म
चाहे दिबा परोक जान
इखान माटी इखान आकाश हामार हए
राज्य हामार कोचिला
कोचिला, कोचिला, कोचिला............

आप्नार भाषा, संस्कृतिर उत्थान हामा करि
शोसक आर सामन्तिर बिरुद्धत हामा लडि
सुन सुन सुन सुन रे कोचबासीला
ईखान माटि ईखान आकाश हामार हए
राज्य हामार कोचिला
कोचिला, कोचिला, कोचिला............
it Means :
Oh! Brave Koch civilians Get up stand up stand up for your rights
This Blue sky is ours and the green fertile plain land is ours
And land named Kochland is ours and this is Koch land
we are the brave son of soil and descendant of brave Koch tribes
We will capture our right at any cost though we have to give our blood and lives

Lets preserve our Language, culture and heritage
lets fight against violence, injustice and its time to raise
Do listen dear Brave Koch brothers and sisters 
And the land named Kochland is ours this is koch land
Land of free and Land of ours
This Blue sky is ours and green fertile plain land is ours
Join for kochila, Do for Kochila, Die for Kochila
Kochila, Kochila, Kochila...........................
  

Sunday, March 24, 2013

नेपाली हास्य सम्राट गोकुल राजबंशीको स्वर्गारोहण

नेपाली हास्य सम्राट  गोकुल राजबंशीको स्वर्गारोहण 
नेपाली हास्य सम्राट गोकुल राजबंशीको स्वर्गारोहणराजगढ गा.बि.स बार्ड नं –३ बुटावारीमा बि.सं २००० साल भाद्र ७ गते बाबु स्व.जितनलाल राजबंशी र आमा स्व.बत्ती राजबंशीको कोखबाट एक्लो सुपुत्रको रुपमा यस धर्तीमा जन्मनु भएका गोकुल राजबंशी का एक दिदी स्व.आनन राजबंशी र एक बहिनी बिषादी राजबंशी थिए । बसाई सराईको क्रममा २००६ साल कार्तिक महिनामा घैलाडुब्बा बार्ड न –७मा आई बाँकी जिवन यसै गा.बि.समा विताउनु भएको थियो । उहाँले आदर्श उच्च मा.बि घैलाडुब्बामा कक्षा १० सम्मको अध्ययन पुरा गरि त्यसै बिधालयमा २०२२साल देखि १० बर्ष सम्म शिक्षण पेशामा आबद्ध हुनु हुन्थ्यो त्यसैले उहाँलाई पुराना मानिसहरु गोकुल सर भनेर चिन्दछन् । उहाँको विवाह २०२१ सालमा शरणामति गा.बि.स पन्तापाडाका स्व. बच्चु राजबंशीका जेष्ठ सुपुत्री श्रीमति रुपदो राजबंशी संग भएको थियो । उहाँ बहूमुखि प्रतिभाका धनि व्यक्तित्व हुनु हुन्थ्यो । उहाँले चित्रकला, मुर्तिकला, साहित्य, हास्यव्यङ्ग, नाटक, गीत, कबिता , बाल कथा आदि धेरै श्रृजनाहरु नेपाली कला जगतलाई दिएर जानु भएको छ त्यसैले राजा महेन्द्रद्धारा उहाँलाई २०१८सालमा नेपालकै हास्य सम्राटको उपादी बक्सेको थियो । उहाँले राजबंशी समुदायमा जनचेतना अभिबृद्धि गर्न साथै आफना मौलिक परम्परागत संस्कृतिको जगेर्ना स्वरुप नटुवा, ढुल्की, हुदुरधुरा, बस्त्रहरण, लंका, ढोल आदि नाचहरु राष्ट्रिय नाच घर, काठमाण्डौ सम्म पुर्याएका थिए । उहाँले हास्य नाटक हुदुर धुरा लाई नेपाली भाषामा रुपान्तरी गरि राष्टिय नाच घरमा मञ्चन गर्दा त्यहाँ उपस्थित महाराजा महेन्द्र लगायतका देशकै प्रमुख पदाधिकारीहरु हाँसो थाम्न नसकेर आफु बसेको कुर्सीबाट लडेका थिए र उहाँलाई १ हप्ता सम्म हसाउन प्रतिबन्द लागाइएको थियो । त्यस बखत उहाँलाई दरबारका कलाकारका रुपमा नियुक्ति गरिएको थियो भने राजा महेन्द्रले २०३३ सालमा नेपाल प्रहरीको कन्स्टेवलमा नियुक्ति प्रदान गरिएको थियो । उहाँ २०३२ सालमा गाउ सभासद निर्वाचित हुनु भयो भने २०३६ सालमा जननिर्वाचित वार्ड अध्यक्ष हुनु भएको थियो । २०४६ सालको आन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको थियो भने नाटकको माध्यमबाट नेपाली जनताहरुलाई प्रजातन्त्र प्राप्तिको लागि लडन जनचेतना अभिबृद्धि गर्नुभयो । उहाँले २०४७ सालमा राजबंशी भाषाको पहिलो स्टेज चलचित्र “बिश्वासघात” निर्माण गर्नु भयो भने २०५८ सालमा राजबंशी पहिलो कथानक चलचित्र “देवसरी” त्यसैगरि २०६५ सालमा “मोर जिवन साथी”, २०६७ सालमा “वागानेर फुल” चलचित्र निर्माण गर्नुभयो । उहाँले देशकै बिभिन्न संघ संस्थाबाट सयौं कदर पत्र, सम्मान पत्र प्राप्त गर्नुभएको छ । झापाली हास्य कलाकार संघले बहुमुखी प्रतिभा पुरस्कार, धुलावारी जेसिसले  बहु प्रतिभा सम्मान पुरस्कार, सयपत्री साहित्य बिसाउनीले उत्कृष्ट नागरिक सम्मान पत्र, दमक जेसिसले उत्कृष्ट नागरिक सम्मान , बिरता जेसिजले उत्कृष्ट नागरिक सम्मान, राजबशी समाज बिकास समितीले उत्कृष्ट नागरिक सम्मान, साहित्य चौतारी, झापाले सम्मान, बि.पि बिचार, झापाले कदर पत्र, मेचि नगरपालिकाको कार्यलयले उत्कृष्ट नागरिक अभिन्नदन, कन्काई प्रतिभा प्रतिष्ठानले कन्काई प्रतिभा पुरस्कार, सयपत्री साहित्य बिसाउनीले सम्मान पत्र, जय नेपाल प्रतिष्ठानले उत्कृष्ठ नागरिक अभिनन्दन, कुलदिप राजबंशी प्रतिष्ठानले साहित्यिक व्यक्ति अभिनन्दन आदि बाट उहाँ सम्मानित हुनु भएको थियो भने बि.पि बिचार संस्थाका संस्थापक केन्द्रिय उपाध्यक्ष रहनुभएको थियो। उहाँ का ५ छोरा झन्कार, दरप, बिश्वदीप, यमलाल, कृष्ण छन भने ३ छोरी अनि ७ नाति र ७ नातिनी रहेका छन् । उहाँको स्वर्गारोहण मिति २०६९ साल चैत्र महिना ११ गते आइतबारका दिन बिहान २ः३० बजे आफनै निवासमा भएको थियो ।  उहाँका दुई जना छोरा कतारमा र दुई जना छोरा दुबईमा भएको हुनाले छोराहरुको लागि र सर्बसाधारणलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नका लागि उहाँँको प्राथिब शरिरलाई आफनै निजी निवास घैलाडुब्बा – ७ (टेकनारायण बारीमा) बरफमा राखिएको छ भने भोलि मिति २०६९ साल चैत्र १२ गते सोमबार दिउसो २ः३० बजे अन्तिम यात्रा गरि कन्काई माईमा अन्त्यष्टि कार्य गर्ने पारिवारिक श्रोतले जानकारी दिएका छन् ।
सोरा (सोसल अर्गनाइजेशन अफ राजबंशी एब्ओरिजिन्स) संस्थाको तर्फबाट उहाँको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दैै हार्दिक समवेदना व्यक्त गर्दर्छो साथै परिवार जनमा यस दुःखको घडीमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् । उहाँको निधनले सम्पुर्ण नेपाली कला जगतमा अतुलनिय क्षति पुगेको छ ।
उहाँको जिवनकालमा उहाँ संग सोरा संस्थाका केन्द्रिय सचिब अरुण राजबंशीले गरेको कुराकानीमा आधारित छ ।

Saturday, February 23, 2013

Why Rajbanshis have a great respect for the Brahmins?

There is an interesting sad story behind this question according to the book "Koch Rajbanshi and Kamtapuri ( The Truth Unveiled) " written by Nalini Ranjan  Ray in Page no.62. It gives us the information about the time of King Bishwa Singh-The first Rajbanshi King(1496-1553). For the Sake of amusement, once the king Biswa singha Committed a blunder that cost a precious life of a Brahnin and soon king died repenting for it. One day the king was busy dealing with state affairs in this royal court surrounded by dis ministers and courtiers. On that day a Brahmin name d Bhabananda came to meet the king for financial help to marry off his daughter. The Brahmin was stopped at the gate and royal guard went inside  to seek king's permission. After obtaining permission the Brahmin was allowed to enter the palace and requested the king for financial help to marry off his daughter. The king listened to the Brahmin's request and soon ordered his minister to sanction financial aid. The king took the opportunity to ask one question to the Brahmin as to why people used to touch toes of the elders while paying their respects in the bowing down gesture of "Pronam". The pious Brahmin replied that cosmic energy flows down from human body through the toes. So  while touching the toes of the elders the younger gain that energy, which is as clear as white colour.   The answer created amusement sort of feeling in the king. The king ordered his soldiers to cut the toes  of the Brahmin and see what happened to the flowing cosmic energy. The soldiers obeyed king's orders, soon the Brahmin was bleeding profusely. In great pains he told the king that a cow gives us milk, Which is white but that did not mean that if the nipple of the cow were cut white milk would flow, rather red blood would flow and cow would die of bleeding that would be heinous crime. If the Brahmin were happened to die of bleeding through his cut toes in that case the king too would die of a killer disease. The king realized his mistake, soon arranged medical treatment for the Brahmin but despite taking great care within few days the Brahmin died. This incident deeply hurt the feelings of the king. Luck could have it, the king was attacked by chicken pox within few months from the day of the incident and was not responding to treatment .The king sensed his end, called his prince sons by his deathbed and advised them to always respect the Brahmins and never cause any harm to them. Then the king died. From that day onwards it became a custom for Rajbanshis to show great respect to the Bramins, which continued forever.
Rajbanshis Population
Royal Symbol of Rajbanshi Kings
Book which contains Rajbanshi History in brief

Bir Chilarai – The World Class Great Hero(1510-1571 A.D.)
Shukladhwaj, popularly known as Chila Ray was a great general who belonged to the Koch Royal Dynasty. He played a significant role in expanding the empire of his elder brother, Maharaja Nara Narayan the greatest Koch king of the Kamata kingdom who reigned in the 16th century.
Maharaja Viswa Singha was the founder of the Koch Royal Dynasty, who newly established his kingdom in 1515 AD. He had 18 sons namely Narasingha, Naranarayana(Malladwaj), Sukladwaj(Chila Ray), Gahikamal,Maydan, Ramvhandra, Sursingha, Harisingha, Mecha, Brishketu, Ramnarayana, Ananta,Dipsingha, Hemdhar, Meghnarayana, Jagat, Rupchand, and Surya; but among them Naranarayana and Chila Ray were the outstanding.
Sukladwaj(Chila Ray), was born in 1510 and his mother was the Gour princesses Padmabati alias Soumadini. There was an anecdote that when Shukladhwaj was born there was a mild earthquake in the entire region. From the early childhood he was extraordinary in intellect and physical strength. He along with his brothers learnt warfare and they all mastered the art very well. For achieving higher education, he and his elder brother Malladwaj were sent to Varanasi. They learnt various subjects and acquired knowledge in Sanskrit, Grammar, Literature, Law, Astrology etc.
After the death of Maharaja Viswa Singha, his son Malla Dev or Malladwaj ascended the throne of Kamata Kingdom. Then he was better known as Maharaja Nara Narayan. Shukladhwaj was appointed Army Commander in Chief and he assisted his brother in extending the kingdom. A brave warrior and an exceptional general, Shukladhwaj was extremely quick in his actions. He came to be known as ‘Chila Ray’ as he was swift like the bird chila or the kite in capturing the foes.
Nara Narayan defeated the king of Cachar and brought his kingdom under his rule. The king of Manipur surrendered as he decided not to combat with such a powerful ruler. Chila Ray then attacked the states of Jayantia, Tippera(Tripura) and Sylhet. He defeated the kings in the battles and killed them. Observing the condition of the neighbouring states, the rulers of Khairam and Dimoriya submitted their petty states. Thus, with the help of Chila Ray’s heroism, Maharaja Nara Narayan extended his vast empire and earned revenues from several rulers.
Nara Narayan attacked Gour for the second time when Akbar, the Mughal emperor sought help from him. They had an alliance with Sisya Singha Raikat and Debraj, the king of Bhutan while invading Gour. Chila Ray captured Ghoraghat and seized the whole area of Gour. After defeating King Gourpasha, the kingdom was shared between Nara Narayan and Akbar.
In June 1563 the Koches under the command of Chila Ray managed to occupy the capital of Ahom, Gargaon. In 1568 AD, another battle ensued when Nara Narayan attacked Gour, ruled by Soleman Karnani. But this time he had to face defeat as Kalapahar, the army commander captured Chila Ray. Kalapahar with his soldiers then destroyed many temples including Kamakhya while he proceeded towards Tezpur. However Chilarai and Naranarayan later rebuilt the Kamakhya temple in in 1565 that the Sultan's army had destroyed
Chilarai's valour ensured Koch supremacy over the Bhutia, Kachari kingdom (of Hadimba, now dimapur) and the Ahoms. It was the courageous deeds of Chila Ray that led the Koch kingdom reach the zenith.
Later, Nara Narayan divided his kingdom into two parts namely, Koch Bihar and Koch Hajo. He kept Koch Bihar, the western part under his authority while Koch Hajo, the eastern part was given to Raghudev, the son of Chila Ray.
Chila Ray was instrumental in giving Srimanta Sankardeva protection and shelter and married his niece Kamalapriya. Naranayana and Chila Ray also patronized the great Vaishnavite movement of Sankardeva.
After the second invasion of Gour, Chila Ray breathed his last in 1571 on the banks of River Ganga as he suffered from pox. Chila Ray was perhaps the greatest general that Indian history ignored.
In the Journal of Indian Air Force Anniversary issue, 2000 it was mentioned – “Arnold Toynbee, one of the greatest historians of international repute,while ranking three all time war- heroes in the late seventies of the 20th century, named two of the great Indian world heroes. They are General Sukkladhwaj popularly known as Chila Ray and Chatrapati Shivaji, the other great personality being General Nepoleon Bonaparte of France. As per the assesmeent, these three world class warriors, besides being the experts in the warfare, propounded war techniques and principles. Moreover they have fought for the cause of common people. Out of the three great heroes, not only that the two of them are from India but they stand to be the pioneers as per the chronological analysis. It means that the war techniques which Chila Ray introduced in the 16th century were the unique ones and have enriched the war techniques of Shivaji in the 17th century and that of Napoleon in the 18th century.”
We humbly pay our tribute to the departed soul of this World Class Great Hero,the immortal glory of the Koch-Rajbongshis on the 503rd Birth Anniversary.

Ornaments of Rajbanshi Community