Statue of Martyrs of Kochland in Sukhani |
Martyr Biren Rajbanshi Memorial Foundation construction Site, Jyamirgadi, Jhapa |
Martyr Biren Rajbanshi's Statue in Jyamirgadi, Jhapa, Nepal |
जनता आफैँ संगठित बन्नु पर्छ र आफ्नो मुक्तिका लागि प्रतिक्रियावादीहरुसँग मुकाविला गर्नुपर्छ भन्ने मान्यता राख्ने सहिद वीरेन राजवंशी हामी साम छैनन् तर उनको बलिदानी प”र्ण योगदान र प्रतिष्ठित व्यक्तित्व नेपालको इतिआसमा स्वर्ण अक्षरले लेखिएको छ । संसार बदल्ने एकमात्र हतियार माक्र्सवाद हो र यो हतियारले सुसज्जित भएको योद्धामात्र संघर्षमा टिक्न सक्छ भन्ने विरेन २०२८ सालको झापा किसान विद्रोहका प्रम’ख नायक ह’न
२००२ सालतिर झापाको ज्यामिरगढीमा जन्मनु भएका वीरेन राजवंशीले २०२६ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रियता दिएका थिए ।
झापाली जनताको बीचमा प्रतिष्ठित र आदरणीय व्यक्तित्वको रुपमा स्थापित र चर्चित बन्नु भएका वीरेनले २०२८ सालको झापा किसान विद्रोहमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । जनता आफैँ संगठित बन्नु पर्छ र आफ्नो मुक्तिका लागि प्रतिक्रियावादीहरुसँग मुकाविला गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने वीरेन संसार बदल्ने एकमात्र हतियार माक्र्सवाद हो र यो हतियारले सुसज्जित भएको योद्धामात्र संघर्षमा टिक्न सक्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो ।
बाँचे भने यही
बाटो फिरने,
मरे भने बालुवा
सिराने’
फागुन २१ को
सम्झनामा केही शब्द
लेख्ने विचार गरेर म
एमाले झापा जिल्ला
सचिव पवित्रा निरौला
खरेलको घरमा पुगेँ
। उहाँले शहीद
पुस्तक दिनुभयो । नेपाल
टेलिभिजनले सुखानीको विषयमा डकुमेन्ट्री
बनाउने भनेर प्रतिनिधि
इन्द्रजीत मुखियालाई भनेको रहेछ
। इन्द्रजीले सुखानीका
बारे मसँग पटक–पटक सोधखोज
गर्दै हुनुहुन्थ्यो ।
हामी दुवैले त्यही
शहीद किताबलाई सन्दर्भ
सामग्री बनाउने निर्णय गर्यौँ
। त्यहीबीचमा सुखानी
शहीद स्मृति प्रतिष्ठानका
सदस्य टंक भट्टराईले
मलाई सम्पर्क गर्नुभयो
। ‘फागुन २१
को शहीद दिवस
मनाउने तयारी गरिरहेका छौँ
त्यसबारे तपाईं, माधव विद्रोही
र देवेन्द्र दाहालसँग
सल्लाह गरौँ भनेर
फोन गरेको’ टंक
कमरेडको भनाइलाई मान्दै प्रतिष्ठानकै
सदस्य विर्ख प्रधान
र हामी भेला
भयौँ । एमाले
अनारमनीको कार्यालयमा भएको भेलामा
टंक कमरेडले तारा
गौतम भन्ने तत्कालीन
शिक्षकलाई उद्धृत गर्दै २०२९
फागुन २१ गते
अपरान्ह ३ बजे
शनिश्चरेमाथिको नारायण चोकमा कमरेड
रामनाथ दाहालले गाउनु भएको
गीत हो भनेर
बताउनु भयो ।
हो, त्यसैले मैले
कमरेड रामनाथप्रति श्रद्धाञ्जलि
व्यक्त गर्दै लेखको प्रारम्भमा
त्यही गीतलाई प्रस्तुत
गरेको छु ।
मुलुकमा न्यायप्रेमी सर्वहारा श्रमजीवी
जनताको राज्यसत्ता खडा गर्ने
र सामन्ती राज्यसत्तालाई
ध्वंश गर्ने महान
उद्देश्यसहित अगाडि बढेको झापा
संघर्ष नेपाली कम्युनिष्ट आन्दोलनमा
सबभन्दा चर्चित र उल्लेखनीय
घटना मानिन्छ ।
जब दमन र
उत्पीडनले सीमा नाघ्छ,
तब आक्रोशको बाँध
फुट्छ र विद्रोह
हुन्छ । झापाको
किसान विद्रोह पनि
नेपाली जनतामाथि लादिएको सामन्ती
शोषण उत्पीडन र
दमनविरुद्धको प्रतिरोधको एउटा रुप
थियो । बुट
र बन्दुकले टिकाएको
सत्ता नारा जुलुस
र सभा गरेर
मात्र ढल्दैन, बन्दुक
नै उठाएर ध्वंश
गर्नुपर्छ भन्ने नीतिका आधारमा
सञ्चालन गरेको आन्दोलन थियो
– झापा विद्रोह ।
‘सामन्तलाई
नगिंडे सैनिकसँग नभिडे, आउँदैन
है जनवाद झोली
थापेर’ भन्ने उद्घोषका साथ
२०२८ सालमा विष्फोटक
बनेको झापाको किसान
विद्रोहलाई दमन गर्ने
सिलसिलामा झापाका होनाहार कम्युनिष्ट
योद्धाहरु पाँचजनाको इलाम झापाको
सीमावर्ती सुखानीमा २०२९ फागुन
२१ गते हत्या
भयो । तेह्रथुम
जिल्लाको आठराई इवा भदौरेमा
जन्मिनु भएका रामनाथ
दाहाल २०१७ सालमा
झापाको चारपानेमा स्थायी बसोबास
गर्न आउनुभयो ।
सानैदेखि अन्याय र अत्याचारका
विरुद्ध सतिसालझैँ ठिङ्ग उभिने
रामनाथ जहाँ किसानलाई
अन्याय हुन्थ्यो त्यहाँ आफैँ
पुगी सबै काम
गरी धान काट्नेदेखि
लिएर भित्र थन्क्याउने
समेत काम गर्नुहुन्थ्यो
। खास गरेर
मोहीहरुको कुटिन लागेको धानको
संरक्षण गर्ने काम त्यो
समयमा कम्युनिष्ट क्रान्तिकारीहरुको
पहिलो काम थियो
। सामन्तहरुले यसैलाई
प्रमुख विषय बनाई
२०२६ सालमा रामनाथविरुद्ध
मुद्दा हाले ।
२०२७ बैशाखमा उहाँलाई
गिरफ्तार गर्यो र ३ महिना जेल बस्नु
पर्यो । त्यतिबेला
आम किसानको जुलुसले
साउन महिनामा उहाँलाई
जेलबाट निकालेर अविर, फूल
र मालाले स्वागत
गर्दै घर लिएर
आएको थियो ।
२०२९ फागुन २८
गते विहीबार राजनीतिक
कामकै सिलसिलामा एउटा
बैठक सकेर आउँदै
गर्दा उहाँलाई गिरफ्तार
गर्यो ।
झापा संघर्षका अर्का क्रान्तिकारी
योद्धा नेत्र घिमिरेको जन्म
२००३ सालमा तेह्रथुमको
आठराईमा भएको थियो
। विद्यालयको पढाइ
सकेर क्याम्पस पढ्ने
सोचका साथ तेह्रथुमबाट
झापा झर्नु भएका
घिमिरे २०२४ सालमा
मेची क्याम्पस भर्ना
हुनुभएको थियो ।
क्याम्पस भर्ना भएपछि प्रगतिशील
विद्यार्थी आन्दोलनमा होमिनु भएका
घिमिरेले देश र
जनतामाथि लादिएको पञ्चायती बर्बरता,
सामन्ती शोषण र
उत्पीडनलाई समाप्त नपारेसम्म कसैको
पनि सुदिन नआउने
देखेपछि २०२६ सालमा
क्याम्पसको पढाइ छोडेर
पूर्णकालीन राजनीतिक कार्यकर्ता बन्नु
भएको हो ।
‘वर्ग शत्रु खत्तम
गर’ अभियानका अभियन्ता
घिमिरेलाई २०२९ पुस
१४ गते पक्राउ
गरी ३ महिनासम्म
कठोर यातना दिएर
हत्या गरियो ।
२००२ सालतिर झापाको ज्यामिरगढीमा
जन्मनु भएका वीरेन
राजवंशीले २०२६ सालदेखि
कम्युनिष्ट आन्दोलनमा सक्रियता दिनु
भएको हो ।
झापाली जनताको बीचमा प्रतिष्ठित
र आदरणीय व्यक्तित्वको
रुपमा स्थापित र
चर्चित बन्नु भएका वीरेनले
२०२८ सालको झापा
किसान विद्रोहमा महत्वपूर्ण
भूमिका निर्वाह गर्नु भएको
थियो । जनता
आफैँ संगठित बन्नु
पर्छ र आफ्नो
मुक्तिका लागि प्रतिक्रियावादीहरुसँग
मुकाविला गर्नुपर्छ भन्ने मान्यता
राख्नुहुने वीरेन संसार बदल्ने
एकमात्र हतियार माक्र्सवाद हो
र यो हतियारले
सुसज्जित भएको योद्धामात्र
संघर्षमा टिक्न सक्छ भन्ने
कुरामा विश्वस्त हुनुहुन्थ्यो ।
२०११ कात्तिक ११ गते
झापाको गरामनी गाउँको किसान
परिवारमा जन्मिनु भएका कृष्ण
कुइँकेल नेपाली जनताको मनमा
सदैव रहिरहने नाम
हो । नेत्र
घिमिरेसँगको सरसंगत र प्रेरणाले
कलिलै उमेरमा परिवर्तन
र प्रगतिको पक्षमा
लड्ने उद्देश्यका साथ
राजनीतिमा लाग्नु भएको कुइँकेल
गरामनी हाइस्कूलमा अध्ययन गर्दागर्दै
२०२७ सालदेखि नै
नेपाल कम्युनिष्ट पार्टीमा
संगठित हुनु भएको
हो । २०२९
माघ १ गते
भूमिगत जीवनबाटै उहाँ पक्राउ
पर्नु भएको थियो
।
झापाको उच्चमध्यम परिवारमा जन्मिएर
हुर्किनु भएका नारायण
श्रेष्ठ, कृष्ण कुइँकेलका अत्यन्तै
मिलनसार मित्र हुनुहुन्थ्यो ।
विद्यालयदेखि नै राजनीतिक
गतिविधिमा सक्रिय हुनुभएका नारायण
सर्वहारा श्रमजीवी जनताको राज्यसत्ता
खडा गर्ने उद्देश्यका
साथ क्रान्तिमा होमिनु
भएको थियो ।
भिन्नभिन्न
समयमा भिन्नभिन्न स्थानबाट
पक्राउ पर्नु भएका झापाको
किसान आन्दोलनका अभियन्ताहरुलाई
२०२९ फागुन २१
गते झापा जेलबाट
इलाम जेल सार्ने
बहानामा झापा इलामको
सीमावर्ती सुखानीमा पुर्याएर तत्कालीन
शासकहरुले हत्या गरे ।
भौतिकरुपले रामनाथ, नेत्र, वीरेन,
कृष्ण र नारायणलाई
राज्यसत्ताले समाप्त गरेको भए
पनि उहाँहरुको विचार
अहिले जनताको मनमस्तिष्कमा
बसेको छ । प्रत्येक वर्ष फागुन
२१ को सेरोफेरोमा
उहाँहरुको योगदान र मुलुकी
अवस्थाका बारे चर्चा
हुने गरेको छ
। त्यति मात्र
होइन, उहाँहरुले देखाउनु
भएको बाटोमा अविचलित
ढंगले अगाडि बढ्नका
लागि मुलुकभर लाखौँको
जमात तयार भइसकेको
छ । २०२८
सालको झापाको किसान
विद्रोह मुलुकी रुपान्तरणका लागि
कोशेढुंगा हो भन्नेमा
अहिले कसैको दुईमत
छैन ।
स्वभावैले उहाँहरुलाई थाहा थियो,
त्यसैले त रामनाथले
मृत्युका दिन पनि
गीत गाउँदै भन्नुभयो,
‘बाँचे भने यही
बाटो फिरने मरे
भने बालुवा सिराने
।’ जनतालाई सचेत
बनाउने क्रममा त्यसैले त
क्रान्तिकारी कम्युनिष्टहरुले गीत बनाए,
‘मृत्यु पनि मान्छे
पिच्छे फरक हुँदो
रै’छ, देशभक्त
छोरो मर्दा देशै
रुँदो रै’छ
।’ हो, मान्छे
जन्मिएपछि मर्छ यो
सत्यलाई सबैले स्वीकार गरेका
छन् । बाँचेर
पनि मरे सरह
भएका थुप्रै सामन्तहरु
छन् । तर,
मरेर पनि सदैव
रामनाथ, नेत्र, वीरेन, कृष्ण
र नारायण बाँचेका
छन् ।
अहिले तिनै शहीदहरुका
सहयोद्धा मुलुकको राज्यसत्ता सञ्चालनको
तहमा पुगेका छन्
। उनीहरुले सर्वहारा
श्रमजीवी वर्गको हितमा काम
नगर्दा जनताले औँला उठाउने
गरेका छन् ।
यो अवस्थामा लखन
थापादेखि राजन गिरी
र सुरज विश्वाससम्मका
शहीदहरुलाई सच्चा श्रद्धाञ्जलि दिनु
भनेको मुलुकी आर्थिक
सामाजिक परिवर्तन गर्नु नै
हो । बालुवा
सिराने बनाउन तयार भएका
योद्धाहरुप्रति फागुन २१ को
यो समयमा हार्दिक
श्रद्धाञ्जलि । मुक्ति
योद्धाहरुप्रति लालसलाम !
आज फागुन २१ गते
। यो दिन
सम्झदा वा उच्चारण
गर्दा पनि झापा
र सिंगो नेपाली
कम्युनिष्ट आन्दोलन सिरिंग र
झसंग हुन्छ र
रौ ठाडाठाडा हुन्छन्
। हुन पनि
निमुखा जनताको अधिकार स्थापना
गर्न हिँडेका युग
नायकहरुको विभत्स हत्याको खबर
सुन्दा जोकोही राष्ट्रप्रेमी पनि
स्तब्ध हुन्छ । र,
छाती ढक्क फुल्छ
। हो, परिवर्तन,
समानता, सर्वहारा वर्गको अधिकार
स्थापना गर्न घर
परिवारलाई एकछिन विर्सिएर वर्ग
संघर्षमा होमिएका त्यस्ता नायकहरुले
सहादत प्राप्त गरेको
दिन हो फागुन
२१ गते ।
हुन त परिवर्तनका
लागि नेतृत्व गर्ने
मान्छे एक युगमा
एउटा मात्र जन्मन्छ
। र, उसैको
नेतृत्वमा परिवर्तनको लहर समुन्द्रको
छालझै उर्लिन्छ ।
यो परिवर्तन छालमा
तरंगित भएर अघि
बढ्ने क्रम पूर्वका
ती जनरक्षकहरुले वीरगती
प्राप्त गरेको दिन हो
आज । यसरी
सुखानीको जंगलमा कम्युनिष्ट नेता
वीरेन राजवंशी, नेत्र
घिमिरे, कृष्ण कुइँकेल, नारायण
श्रेष्ठ र रामनाथ
दाहालको हत्या भयो ।
सोही क्रममा झापाको
गरामनीस्थित नडियाबारीमा चन्द्र डाँगी,
हरि नेपाल लगायतको
हत्या भयो ।
जेलमा चरम यातनाका
कारण मंगल मर्डी
र भोगेन राजवंशीले
देह त्याग गर्नु
भएको इतिहास हाम्रा
अगाडि साक्षी छ
।
वि.सं. २००६
सालमा पुष्पलालको नेतृत्वमा
नेपाल कम्युनिष्ट पार्टीको
स्थापना भयो ।
त्यससँगै सुरुवात भएको नेपालको
कम्युनिष्ट क्रान्ति अहिले पनि
जारी छ । पार्टी, विचार र
नेतृत्व नयाँ–नयाँ
आए । झापा
विद्रोह, २०३६ सालको
विद्यार्थी आन्दोलन हुँदै २०४६
सालको जनआन्दोलनसम्म आइपुग्दा
कम्युनिष्ट आन्दोलनले निकै उचाई
लिइसकेको थियो ।
जारी कम्युनिष्ट आन्दोलनलाई २०५२
सालमा माओवादीको सशस्त्र
‘जनयुद्ध’ले जोड्योे
। र, २०६२÷०६३ को
जनआन्दोलन पछि शान्ति
सम्झौतासँगै माओवादीको सशस्त्र ‘जनयुद्ध’
स्थगन भयो ।
र, संविधानसभा निर्वाचनमा
दुई वाम दलले
पहिलो र तेश्रो
स्थान प्राप्त गरे
। त्यसपछि लगातार
३ जना कम्युनिष्ट
नेताहरु प्रधानमन्त्री भइसके । नेपालको
वाम आन्दोलन हाँकेका
उनीहरु प्रधानमन्त्री भए पनि
जनता र उनीहरुसँगै
लडेका जनरक्षकहरुले केही
पाउन सकेनन् ।
जसको परिणामस्वरुप जनतामा
आक्रोश र निराशा
बढ्दै गायो ।
यो प्रष्ट भइसकेको
छ कि यसको
परिणाम राम्रो हुँदैन ।
अहिलेसम्मको
कम्युनिष्ट आन्दोलन हेर्दा जसले
दुःख गरे जेल
नेल भोगे उनीहरुको
कर्मकथा कहिल्यै सरल बाटोतिर
जान सकेन ।
जसले बठ्याई गरे
उनीहरु सत्तासिन भएर ढलिमली
गर्न पाए ।
आन्दोलनका वेला ज्यान
गुमाएका परिवार, अंगभंग भएका,
वेपत्ता र जिउँदा
सहिदहरुको अहिले पनि खोजखबर
छैन । युद्धमा
प्रयोग भएका बालबालिकाको
शिक्षा–दीक्षा र रोजगारीको
प्रबन्ध छैन ।
उनीहरुको अवस्था विहान खाए
बेलुका के खाने
भन्नेमा छ ।
सहिदको सपना अधुरै
छ । देशको
परिस्थिति देखेर उनीहरु मुर्छित
छन् ।
‘झापा विद्रोह’ जसले वाम
आन्दोलनलाई एक पाइला
अगाडि बढाउन मद्दत
गर्यो । परिवर्तनका
लागि अघि बढ्न
झक्झक्यायो । नेपालीलाई
सपना देख्नुपर्छ भन्ने
सिकायो र,
शोषित–उत्पीडितको मुक्तिका लागि
कम्युनिष्ट आन्दोलन अपरिहार्य छ
भन्ने पाठ पढायो
। ती आन्दोलन
यात्रामा अघि बढेका
कतिपय नायकहरु अहिले
सुकुम्बासी बनेका छन् र
अरुको शरणमा जीवन
विताउन बाध्य छन् ।
हुन त आज
एकीकृत नेकपा माओवादी, नेकपा
एमाले र अन्य
वामदलले ती सपुतहरुको
सम्झना गर्दैछन् । र,
सहिद दिवस मनाउँदैछन्
। यो दिवस
उनीहरुले केवल औपचारिकतामा
मात्र सीमित गरेका
छन् । जसले
सहादत प्राप्त गर्यो
उ त रहेन
तर, उसँग आश्रित
परिवारजनको खोजी हामी
सबैले र विशेष
गरी ती पार्टीहरुले
गर्नुपर्ने हो ।
केही प्रतिनिधि पात्र हाम्रा
अगाडि हुनुहुन्छ जसले
दुई दशकसम्म जेल
जीवन विताएर आन्दोलन
सफल बनाउन सहयोग
गरे । आफ्नो
घर परिवारलाई थाती
राखेर उनीहरु क्रान्तिमा
लामवद्ध भए ।
झापा विद्रोहका धरोहर
सानो दुर्गा अधिकारीहरु
अहिले सुकुम्बासी जीवन
विताइरहेका छ्न् ।
संघर्षमा सामेल हुँदा उनीहरुले
देखेका सपनाबाट नेता विमुख
हुँदा उनीहरु स्तब्ध
छन् । नेताहरुको
छातीभित्र रहेको सामन्तवादी, एकात्मकवादी,
अतिवादी र व्यक्तिवादी
सोचले सहिदको सपना
टाढिएको छ ।
विद्रोहमा लडेका बेला छातीमा
बोकेका निलडाम आलै छन्
। कतिले शरीरमा
गोलीका खोका बोकेर
बाँचिरहेका छन् ।
जनआन्दोलनमा सहादत प्राप्त गरेका
सुरज विश्वास र
राजन गिरी र
माओवादीको सशस्त्र जनयुद्धमा पनि
धेरैले ज्यान गुमाएका छन्
। अहिलेसम्मको परिवेश
हेर्दा उनीहरुको सपना पूरा
हुने छाँट छैन
।
एकीकृत माओवादीको गोरखा बैठकले
जनविद्रोहको एजेण्डा पारित गरेको
छ । तर,
उसको एजेण्डामा विद्रोहको
स्वरुप कस्तो हुने भन्ने
खुलेको छैन ।
यदि पहिलेकै जस्तो
हतियार युद्धमा माओवादी फर्कियो
भने देशमा सहिद,
अपांग र वेपत्ताको
संख्या बढ्ने बाहेक प्राप्त
उपलब्धि पनि गुम्ने
खतरा बढेको छ
।
हामीलाई थाहा छ
। सन् १६८८
को वेलायतको गौरवपूर्ण
क्रान्तिले विश्वमा रक्तपात विना
पनि क्रान्ति सफल
हुन्छ भन्ने प्रमाणित
गर्यो । बेलायतका
लागि १६८८ इतिहासकै
सुनौला वर्ष हो
। जसले बेलायती
सजनतालाई परिवर्तनको आभाष दिलायो
। स्टुअर्ट वंशका
शासक जेम्स द्वितीयका
विरुद्ध बेलायतका जनताले एउटा
सशक्त क्रान्ति गरे
। परिणाम स्वरुप
बेलायती संसद र
स्टुअर्ट वंशका बीच
बर्षौदेखि चल्दै आएको संवैधानिक
संघर्ष समाप्त भयो ।
यो क्रान्तिको सबैभन्दा
महत्वपूर्ण पक्ष बिनारक्तपात
क्रान्ति सफल भएको
छ ।
यो क्रान्ति नेपालका लागि
अहिले उदाहरण बन्न
सक्छ । जनताको
नाममा जे गरे
पनि हुन्छ भन्ने
मानसिकता अब नेपाली
राजनीतिक पार्टीका नेताले त्याग्नुपर्छ
। जनताको बल
र मनले सत्ता
प्राप्त गरेपछि गाउँ नफर्किने
र जनताका पीर
मार्का नबुझ्ने परिपाटीको अन्त्य
नभएसम्म जति नै
चर्का र सर्वहारा
वर्गवादी आन्दोलन गरे पनि
जनताको अधिकार स्थापित हुँदैन
। शहीदका समबेदनामा
आँच आउँछ ।
उनीहरुका परिवारका आशा निराशामा
परिवर्तन हुन्छन् । र,
आम कम्यूनिष्ट क्रान्तिमा
निराशा छाउँछ । विश्वमा क्रान्ति निरन्तर
जारी रहन्छ ।
नेपालमा पनि यो
क्रम जारी छ
। जसले नयाँ
र ताजा एजेण्डा
लिएर अघि बढ्छन्
। उसका लागि
जनता ज्यान दिएर
समर्थन गर्छन् । एजेण्डाबाट
विमुख भए बने
जनसमर्थन गुम्छ । आम
परिवेशलाई बदल्ने हो भन्ने
जनताका अगाडि ल्याएका एजेण्डालाई
कुनै हालतमा छोड्नु
हुँदैन । जनतालाई
परिवर्तनको आभास दिलाउन
पनि अब नेताहरुले
एकपटक जुट्नुपर्छ ।
आफ्नो साख जोगाउन
पनि अब देशका
लागि जुट्नु पर्छ
।
कम्यूनिष्टहरुले
धेरै गुणगान गाउने
झापा विद्रोहलाई मूर्त
रुप दिन र
आम जनचाहना पूरा
गर्न एकपटक सबैले
सोचौं । शान्ति
प्रक्रियाले पूर्णता नपाए र
निर्धारित समयमा संविधान नबने
नेपाली आकाशमा निरंकुशताको कालो
बादलले ढाक्ने निश्चित प्रायः
छ । र,
यसले वाम आन्दोलनमा
समेत क्षति पुग्छ
। समयमै सचेत
हौऔं र देश
निर्माणमा लामबद्ध होऔ ।
तब मात्र फागुन
२१ को सहिदका
सपना पुरा हुनेछ
।
सुखानी, २१ फागुन
÷ एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहालले शान्ति प्रक्रिया
र संविधान निर्माण
कार्यले समयमा पूर्णता नपाए
पार्टी जनविद्रोहमा जाने चेतावनी
दिएका छन् ।
संघीयता, गणतन्त्रको संस्थागत विकास
र जनसंविधान नबनेसम्म
आफूहरुको आन्दोलन जारी रहने
उल्लेख गर्दै अध्यक्ष दाहालले
जनतालाई निरन्तर खबरदारी गर्न
आग्रह समेत गरे
।
झापा र इलामको
सिमानामा पर्ने सुखानीमा माओवादी
कोचिला राज्य समितिको आयोजनामा शनिबार श्रद्धाञ्जलि
सभालाई सम्बोधन गर्दै दाहालले
संविधान निर्माण र शान्ति
प्रक्रियालाई निष्कर्षमा पुर्याउनबाट रोक्न
चलखेल भइरहेको जिकीर
गरे ।
भारतप्रति नरम देखिएका
दाहालले विदेशीको इशारामा माओवादीलाई
सिध्याउन देशका यथास्थितिवादी शक्तिहरु
लागि रहेको बताए
। जनताको अपेक्षा
अनुसारको संविधान निर्माण गर्न
ठूलै शक्ति लागेको
छ’, अध्यक्ष दाहालले
भने – ‘शहीदको सपना पूरा
गर्न पनि त्यो
शक्तिलाई परास्त गरेर जनसंविधान
बनाइ छाड्छौ ।’
जनताको मुक्तिको लागि लडिरहने
र शहीदको सपना
साकार पारेर छोड्ने
बताए । उनले
भने – ‘त्यतिबेला सहिदको सम्मान
हुन्छ जब उनीहरुको
विचारको अनुसरण गर्न सकिन्छ
।’ सम्बोधनको आधा
समय पार्टीको बयान
गर्न खर्चेका उनले
आफूहरु एजेण्डाबाट कहिल्यै विमुख
नहुने प्रष्ट्याए ।
प्रतिक्रियावादी र यथास्थितिबादीहरुको
प्रवेशका कारण पार्टी
संशोधनवादतर्फ उन्मुख भएको उल्लेख
गर्दै उनले भने
– ‘हामीलाई पन्छाएर जनताको अधिकार
स्थापना गर्ने कार्य बाधा
उत्पन्न गर्न खोजिँदै
छ, तर भेडाको
बथानमा हिँड्दै गरेको सिंहको
बच्चा हो हाम्रो
पार्टीको । दाउपर्छ
त्यो बेला सिंहको
बच्चाले के गर्छ
भन्ने हेक्का कसैले
राखेका छैनन् ।’ उनले
निर्धारित जेठ १४
मा संविधान नबने
जनविद्रोह निश्चित रहेको बताए
। ‘संविधान
निर्माण र शान्ति
प्रक्रियालाई पूर्णता र जनविद्रोहको
तयारी दुवै काम
सँगै गर्र्दैछौं’ – उनले
भने । कार्यक्रमका
अर्का वक्ता माओवादी
सचिव सीपी गजुरेलले
सशस्त्र संघर्षबाटै जनसंविधान जारी
गर्ने बताए ।
‘जेठ १४ सम्म
हामी पर्खिन्छौं, उनले
भने –‘संविधान निर्माण
गर्नबाट रोकियो भने संघर्षका
बीचबाट जनताको संविधान जारी
हुन्छ ।’
कार्यक्रममा
झापा विद्रोहका क्रममा
२०२९ साल फागुन
२१ गते मारिएका शहीद
रामनाथ दाहालकी पत्नी जानुकादेवी
दाहाल, नेत्र घिमिरेका दाजु
सभासद् धर्म घिमिरे,
नारायण श्रेष्ठकी पत्नी कमला
श्रेष्ठ, कृष्ण कुइँकेलकी पत्नी
धनमाया कुइँकेल र वीरेन
राजवंशीकी बुहारी विमला राजवंशीलाई
सम्मान पत्र प्रदान
गरिएको थियो ।
कार्यक्रममा साहित्यकार खगेन्द्र संग्रौलाले
वाम दलहरु बिचलित
भए शहीदको आँसुले
पोल्ने बताए ।
उनले सत्ता लोलोपता
र व्यक्तिगत स्वार्थबाट
माथि उठेर राजनीति
गर्न सुझाए ।
कार्यक्रममा
जनवादी कलाकार जेवि टुहुरे
र सुखानी सांस्कृतिक
समूहले जनवादी गीत प्रस्तुत
गरेका थिए ।
कोचिला राज्य समिति इञ्चार्ज
हरिबोल गजुरेलको सभापतित्व एवम्
झापा जिल्ला इञ्चार्ज
झलकसिंह दर्लामीको स्वागत र केन्द्रीय
सदस्य गंगा श्रेष्ठको
सञ्चालनमा कार्यक्रम सम्पन्न भएको
थियो ।
यसैबीच, एमालेले पनि शहीद
दिवसको अवसरमा सुखानी र
सालबारीमा श्रद्धाञ्जलि सभाको आयोजना गर्यो
।
कार्यक्रममा
वैकल्पिक पोलिटव्यूरो सदस्य नरेश
खरेल, केन्द्रीय सल्लाहकार
सदस्य मनकुमार गौतम,
जिल्ला अध्यक्ष रविन कोइराला,
शहीद परिवारलगायतले श्रद्धाञ्जलि
व्यक्त गरेका थिए ।
२० औं हजार
जनसमुदायको बीचमा २०६७ साल
फागुन २१ गते
सुखानी शहीद स्थलमा
एकीकृत नेकपा (माओवादी)को
आयोजनामा भव्य ऐतिहासिक
श्रद्धाञ्जलिसभाको प्रमुख अतिथि पार्टीका
श्रद्धेय अध्यक्ष क. प्रचण्ड
हुनुहुन्थ्यो । अतिथिहरु
पार्टीका केन्द्रीय सचिव तथा
पूर्वाञ्चल व्यूरो इन्चार्ज सीपी
गजुरेल (गौरव) केन्द्रीय सदस्य
नन्दकिशोर पुन (पासाङ),
हरिबोल गजुरेल (शित्तलकुमार), गंगा
श्रेष्ठ (प्रभात) जनगायक जेवी
टुहुरे र बरिष्ठ
प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौला
हुनुहुन्थ्यो । जनयुद्ध
शुरु भएको १३
औं दिनमा गोरखामा
विद्यार्थी दिलबहादुर रम्तेल लगायतहरुले
आफ्नो शिक्षकलाई प्रहरीको
धडपक्राउबाट छुटाउने प्रयासमा घेराउमा
संलग्न रहेको बेला प्रहरीको
गोली लागी २०५२
साल फागुन १४
गते उहाँ शहीद
हुनुभएको थियो ।
शहीद सप्ताह मनाउने
क्रममा सो दिनलाई
पहिलो दिन मान्दै
फागुन २१ गते
सुखानीमा सप्ताहको समापन गरिएको
थियो । देश
र जनताको मुक्तिको
लागि आफ्नो प्राणको
आहुती गर्ने महान
सपूतहरुलाई शहीद भनिन्छ
। सामाजिक, आर्थिक,
राजनीतिक रुपान्तरणको लागि रगतको
घल्चा चढाउने सचेत
सपूतहरुलाई शहीद मानिन्छ
। २०२७ सालको
अन्त्यतिर झापामा देश र
जनताको दूरावस्थाबाट पीडाबोध गरी केही
क्रान्तिकारी युवाहरुले झापा विद्रोह
शुरु गर्नुभएको थियो
। सामन्तवादको शदीऔं
पुरानो उत्पीडन, शोषणबाट र
विस्तारबादको हस्तक्षेप र राष्ट्रिय
स्वाधीनतामाथिको अतिक्रमणविरुद्ध यी युवाहरुले
झापामा किसान आन्दोलन र
राष्ट्रिय स्वाधीनताको लडाई शुरु
गर्नुभएको थियो ।
पञ्चायती व्यवस्थाका जल्लाहदहरुले पाँचजना
क्रान्तिकारी युवाहरु रामनाथ दाहाल,
नेत्र घिमिरे, वीरेन
राजवंशी र कृष्ण
कुइकेल र नारायण
श्रेष्ठलाई लामो समयसम्म
हिरासतमा राखेर बर्बर यातना
दिए । युवाहरुले
आफ्नो राजनीतिक आस्था
र विश्वासमा दृढता
व्यक्त गर्नुभयो । उहाँहरुले
निरंकुशताको विरुद्ध मुठ्ठी उठाउनुभयो
र पञ्चायती निरंकुशतालाई
दुत्कार्नुभयो ।
निरंकुश जल्लादहरुले उहाँहरुलाई इलाम
जेल सार्ने बहानामा
सुखानीको अनकन्टार र विकट
जंगलभित्र ल्याई २०२९ साल
फागुन २१ गते
कायरतापूर्वक हत्या गरे ।
यो हत्या सामन्त
तथा दलालहरु र
विदेशी शक्तिकेन्द्रको षड्यन्त्रमा भएको थियो
। अनकन्टार जंगलभित्रको
हत्या जनताबाट बेखबर
राख्ने उनीहरुको कपटपूर्ण तथा
कुटिल चाल थियो
। अहिले हत्यास्थलमा
पाँच शहीदहरुको सम्झनामा
एउटा लाल स्तम्भ
बनाइएको छ ।
स्तम्भस्थलमा उम्रेको पाँचवटा रुखहरु
पाँचजना शहीदहरुको विम्ब बनेर
खडा भएका छन्
।
यतिधेरै मानिसहरुको उपस्थितिमा परिवर्तनको
प्रमुखबाहक एकीकृत नेकपा (माओवादी)का अध्यक्षले
शोकसभामा पाँचजना शहीदहरुलाई भावविभोर
हुँदै श्रद्धाञ्जलि अर्पण
गर्नु र शहीद
परिवारहरुलाई सम्मान गर्नु एक
महान ऐतिहासिक कार्य
हो । सुखानी
शहीदस्थलमा क. प्रचण्डले
गर्नुभएको सम्बोधनलाई उहाँले झापाली
जनसमुदायबीचमा गरेको बयानको रुपमा
उल्लेख गर्नुभएको छ । शहीदहरुको सपना पूरा
भएको छैन ।
जनवादी आन्दोलन पूरा भएको
छैन । यस्तो
अवस्थामा माओवादी पार्टी पनि
विचार सिद्धिएको एमालेझै
विग्रिने त होइन,
आत्मसमर्पणतिर जाने त
होइन । सुखानीका
पाँच शहीदहरु तथा
जनयुद्धका १० औं
हजार शहीदहरुलाई साक्षी
राखेर क. प्रचण्डले
हजारौं जनसमुदायको अगाडि भन्नुभयो
हामी देशमा आमूल
रुपान्तरण नभएसम्म अविचल लडिरहेनछौं
र क्रान्ति पूरा
गरेर छाड्ने छौं
। जनताले चत्मकार
गरेका छन् ।
देशमा निरंकुश राजतन्त्रको
उच्छेद भएको छ
। धर्मनिरपेक्षता, गणतन्त्र,
संघीयता जनताको झुपडिबाट जन्मेको
छ, जनताको बलिदानबाट
जन्मेको छ ।
सामान्तहरु,
नोकरशाह दलालहरुले निरंकुश राजतन्त्रलाई
निरन्तरता दिने र
आन्दोलनलाई तितरवितर बनाउन देशभक्त
सपुतहरुलाई बेलाबखतमा सिध्याउने गर्छन्
। उनीहरुको सोचाई
छ हत्याले इतिहासको
बेगलाई रोक्न सकिन्छ र
आफ्नो सत्तालाई कायम
राख्न सकिन्छ ।
तर, प्रचण्डको भनाई
थियो – विज्ञानको नियम तथा
समाज विकासको नियमले
के भन्छ भने
देशभक्तहरुको हत्याबाट सामन्तहरु तथा
दलालहरुले आफ्नो चिहान खनिरहेका
हुन्छन् र आफ्नो
अन्त्य आफै निम्त्याइरहेका
हुन्छन् ।
२०६७ साल फागुन
२ गते पार्टीको
बर्षगाँठ मनाउने क्रममा क.
प्रचण्ड रोल्पाको थवाङ जानुभएको
थियो र त्यहाँ
हजारौ क्रान्तिकारीहरुको बीचमा
जनयुद्धका घाइते आला संस्मरणहरुभित्र
उहाँ साँच्चै भावविह्वल
बन्नुभएको थियो ।
क्रान्तिका आवेग उठाउनमा
यो थवाङ्ले पुर्याएको
योगदान अत्यन्तै अविस्मरणीय छ,
महत्वपूर्ण छ ।
यो बर्ष शहीद
दिलबहादुर रम्तेलको स्मृति दिवसलाई
अत्यन्त उच्चस्तरीय रुपमा सम्झिने
र मनाउने काम
गरियो । त्यस्तै
क. प्रचण्ड शहीदहरुको
चितवनको अजम्बरी गाउँमा धेरै
शहीद परिवारहरुसंग आम्नेसाम्ने
बसेर भेटवार्ता गर्न
पुग्नुभयो । सुखानीस्थलमा
उभिएर देश र
जनताप्रति नेपाली क्रान्तिप्रति पुर्याएको
योगदानका लागि सुखानी
शहीदस्थल, थवाङ्, अजम्बरी गाउँ
र हजारौं शहीदहरुलाई
आभार प्रकट गर्ने
काम भयो ।
जनयुद्धलाई उठाउन प्रेरणास्रोत बनेका
यस्तै–यस्तै धेरै
महान शहीदहरुलाई विस्मृतिबाट
खोतल्ने काम भएको
छ । विश्वका
महान माक्र्सवादी गुरु
कार्लमाक्र्सले भन्नुभएको छ –‘शहीदहरुलाई
चिहानबाट खोतल्नुपर्छ र उनीहरुलाई
चलिरहेको क्रान्तिसंग जोड्नुपर्छ ।
झापा विद्रोहलाई संश्लेषण गरेर
२०५२ साल फागुन
१ गते जनयुद्ध
शुरु भएको हो
। जनयुद्धले झापा विद्रोहको
कडीलाई जोडेका छ र त्याग र बलिदानको
फराकिलो विरासत निर्माण गरेको
छ । तर,
आमूल रुपान्तरण नचाहने
यथास्थितिवादीहरुले यो बलिदानलाई
शहीदको खेती भनेर
उपहास गर्ने गर्छन्
। हामीले देखेका
छौं इतिहासको निर्माण
बलिदान र उत्सर्गबाट
हुने गर्छ ।
चिनियाँ तथा रुसी
क्रान्तिलाई निर्णायक तहमा पूरा
गर्न लाखौं जनताले
बलिदान दिएका थिए ।
समाजवादको निर्माणपछि ती देशहरुले
गरेको प्रगति विश्वमा
नै उदाहरणीय बनेको
छ । हाम्रो
पार्टी पनि रगतमा
लत्पतिएर आएको पार्टी
हो र जनयुद्धताका
शहीदहरुको ठूलो लामबन्दी
थियो । यिनै
बलिदान र उत्सर्गले
गर्दा यो पार्टीले
निरंकुशतन्त्रलाई उच्छेद गर्ने बल
र तागत प्राप्त
गर्यो र देशको
सबैभन्दा ठूलो शक्ति
बनेर जनवादी क्रान्तिको
लागि अगाडि बढिरहेको
छ । शान्ति
प्रक्रियामा आइसकेपछि अहिले एकीकृत
नेकपा माओवादीले राष्ट्र
र जनताप्रति जिम्मेवारीलाई
कम गर्दै त
छैन ? भन्ने सवाल
कतै–कतै उठ्ने
गरेको छ । यथार्थ हो, भण्डै
४ बर्षदेखि सिंह
र भेडाहरु एकै
ठाउँमा संगै हिंडिरहँदा
जनताहरुलाई शंका लाग्न
सक्छ यी पनि
विग्रिएका त होइनन्
? यिनीहरु पनि संसदवादी
भासमा जाकिएका त
होइनन् ? सुखानी शहीदस्थलमा क.
प्रचण्डले भन्नुभयो –यथार्थ यस्तो
होइन एकीकृत नेकपा
(माओवादी)ले वर्ग
संघर्ष छोेडेको छैन ।
निरन्तर क्रान्तिलाई छाडेको छैन,
विदेशी शक्ति सामु आत्मसर्पण
गरेको छैन ।
ऐन मौकामा यो
सिंह गर्जिने छ
र जनवादी क्रान्ति
सम्पन्न गरी छाड्ने
छ ।
यतिबेला एकीकृत नेकपा (माओवादी)
देशी विदेशी प्रतिक्रियवादीहरुको
हस्तक्षेपलाई उछिन्दै सरकारमा पुगेको
छ । शान्ति
प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने
र नयाँ संविधान
निर्माण जस्ता आफ्ना एजेण्डाहरुलाई
पूरा गर्न पनि
सरकारमा जानु आवश्यक
थियो । प्रतिक्रियावादी
हस्तक्षेपलाई कुल्चिनु थियो ।
सेकेण्ड–सेकेण्डमा, मिनेट–मिनेटमा
प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ
र सरकारलाई गिराउने
दुष्प्रयास हुँदैछ । जनसंविधान
बन्न नदिने प्रयास
हुँदैछ । समय
थोरै छ तर
पनि नयाँ संविधान
बन्छ भन्ने कुरामा
माओवादी विश्वस्त छ । यदि प्रतिक्रियावादीहरुले
नयाँ संविधान बन्न
दिँदैनन् भने सिंगो
देश जनविद्रोहमा जानेछ
। कसैले रोकेर
रोकिन्न र जनताले
राज्यसत्ता खोसेर आफ्नो हातमा
लिनेछन् तथा सडकबाटै
संविधानको घोषणा गर्नेछन् ।
सुखानी शहीदसभामा बरिष्ठ प्रगतिवादी
साहित्यकार खगेन्द्र संग्रौलाले भन्नुभयो
– शहीद नयाँ संस्कृतिको
वीज हो ।
सुखानी अवस्थान मात्र होइन
राजनीति हो, क्रान्ति
हो ? एमालेले सुखानी
बेचेर धेरै जागिर
खायो । अहिले
सुखानी रक्त रञ्जित
झण्डा माओवादीको हातमा
छ र निरन्तर
क्रान्तिमा रहेसम्म यो झण्डा
उसको हातमा रहिरहनेछ
। सत्ता भ्रष्ट
हुन्छ । एकपल्ट
मन्त्री भएपछि फेरि उ
त्यसलाई छोड्न सक्दैन ।
माओवादीलाई पनि त्यो
रोग लाग्न सक्छ
। क्रान्तिको जोखिम
प्रयोगमा रहेको माओवादीलाई जनताले
बेलैमा खबरदारी गर्नुपर्छ ताकि
उसको हातमा रहेको
सुखानीको झण्डा अरु कसैले
खोस्न नसकोस् र
शहीदहरुको रगतको अवमूल्यन हुन
नपुगोस् ।