Miss Rajbanshi RadhikaRajbanshi

First Miss Rajbanshi in the History Of Rajbanshi Society.

Cooch Bihar Palace

We are Proud of our Culture, Language, History and Society....

Miss Rajbanshi 2012

Miss Rajbanshi 2012 Rebika.

Miss Rajbanshi 2012 Winners

Miss Rajbanshi Rebika(center), 2nd Runnerup Usha( left) and and 1st runnerup Sapana(right).

Maharani-Gayatri-devi

India's Beauty Legend: Rajmata Gayatri Devi

Sunday, March 24, 2013

नेपाली हास्य सम्राट गोकुल राजबंशीको स्वर्गारोहण

नेपाली हास्य सम्राट  गोकुल राजबंशीको स्वर्गारोहण 
नेपाली हास्य सम्राट गोकुल राजबंशीको स्वर्गारोहणराजगढ गा.बि.स बार्ड नं –३ बुटावारीमा बि.सं २००० साल भाद्र ७ गते बाबु स्व.जितनलाल राजबंशी र आमा स्व.बत्ती राजबंशीको कोखबाट एक्लो सुपुत्रको रुपमा यस धर्तीमा जन्मनु भएका गोकुल राजबंशी का एक दिदी स्व.आनन राजबंशी र एक बहिनी बिषादी राजबंशी थिए । बसाई सराईको क्रममा २००६ साल कार्तिक महिनामा घैलाडुब्बा बार्ड न –७मा आई बाँकी जिवन यसै गा.बि.समा विताउनु भएको थियो । उहाँले आदर्श उच्च मा.बि घैलाडुब्बामा कक्षा १० सम्मको अध्ययन पुरा गरि त्यसै बिधालयमा २०२२साल देखि १० बर्ष सम्म शिक्षण पेशामा आबद्ध हुनु हुन्थ्यो त्यसैले उहाँलाई पुराना मानिसहरु गोकुल सर भनेर चिन्दछन् । उहाँको विवाह २०२१ सालमा शरणामति गा.बि.स पन्तापाडाका स्व. बच्चु राजबंशीका जेष्ठ सुपुत्री श्रीमति रुपदो राजबंशी संग भएको थियो । उहाँ बहूमुखि प्रतिभाका धनि व्यक्तित्व हुनु हुन्थ्यो । उहाँले चित्रकला, मुर्तिकला, साहित्य, हास्यव्यङ्ग, नाटक, गीत, कबिता , बाल कथा आदि धेरै श्रृजनाहरु नेपाली कला जगतलाई दिएर जानु भएको छ त्यसैले राजा महेन्द्रद्धारा उहाँलाई २०१८सालमा नेपालकै हास्य सम्राटको उपादी बक्सेको थियो । उहाँले राजबंशी समुदायमा जनचेतना अभिबृद्धि गर्न साथै आफना मौलिक परम्परागत संस्कृतिको जगेर्ना स्वरुप नटुवा, ढुल्की, हुदुरधुरा, बस्त्रहरण, लंका, ढोल आदि नाचहरु राष्ट्रिय नाच घर, काठमाण्डौ सम्म पुर्याएका थिए । उहाँले हास्य नाटक हुदुर धुरा लाई नेपाली भाषामा रुपान्तरी गरि राष्टिय नाच घरमा मञ्चन गर्दा त्यहाँ उपस्थित महाराजा महेन्द्र लगायतका देशकै प्रमुख पदाधिकारीहरु हाँसो थाम्न नसकेर आफु बसेको कुर्सीबाट लडेका थिए र उहाँलाई १ हप्ता सम्म हसाउन प्रतिबन्द लागाइएको थियो । त्यस बखत उहाँलाई दरबारका कलाकारका रुपमा नियुक्ति गरिएको थियो भने राजा महेन्द्रले २०३३ सालमा नेपाल प्रहरीको कन्स्टेवलमा नियुक्ति प्रदान गरिएको थियो । उहाँ २०३२ सालमा गाउ सभासद निर्वाचित हुनु भयो भने २०३६ सालमा जननिर्वाचित वार्ड अध्यक्ष हुनु भएको थियो । २०४६ सालको आन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको थियो भने नाटकको माध्यमबाट नेपाली जनताहरुलाई प्रजातन्त्र प्राप्तिको लागि लडन जनचेतना अभिबृद्धि गर्नुभयो । उहाँले २०४७ सालमा राजबंशी भाषाको पहिलो स्टेज चलचित्र “बिश्वासघात” निर्माण गर्नु भयो भने २०५८ सालमा राजबंशी पहिलो कथानक चलचित्र “देवसरी” त्यसैगरि २०६५ सालमा “मोर जिवन साथी”, २०६७ सालमा “वागानेर फुल” चलचित्र निर्माण गर्नुभयो । उहाँले देशकै बिभिन्न संघ संस्थाबाट सयौं कदर पत्र, सम्मान पत्र प्राप्त गर्नुभएको छ । झापाली हास्य कलाकार संघले बहुमुखी प्रतिभा पुरस्कार, धुलावारी जेसिसले  बहु प्रतिभा सम्मान पुरस्कार, सयपत्री साहित्य बिसाउनीले उत्कृष्ट नागरिक सम्मान पत्र, दमक जेसिसले उत्कृष्ट नागरिक सम्मान , बिरता जेसिजले उत्कृष्ट नागरिक सम्मान, राजबशी समाज बिकास समितीले उत्कृष्ट नागरिक सम्मान, साहित्य चौतारी, झापाले सम्मान, बि.पि बिचार, झापाले कदर पत्र, मेचि नगरपालिकाको कार्यलयले उत्कृष्ट नागरिक अभिन्नदन, कन्काई प्रतिभा प्रतिष्ठानले कन्काई प्रतिभा पुरस्कार, सयपत्री साहित्य बिसाउनीले सम्मान पत्र, जय नेपाल प्रतिष्ठानले उत्कृष्ठ नागरिक अभिनन्दन, कुलदिप राजबंशी प्रतिष्ठानले साहित्यिक व्यक्ति अभिनन्दन आदि बाट उहाँ सम्मानित हुनु भएको थियो भने बि.पि बिचार संस्थाका संस्थापक केन्द्रिय उपाध्यक्ष रहनुभएको थियो। उहाँ का ५ छोरा झन्कार, दरप, बिश्वदीप, यमलाल, कृष्ण छन भने ३ छोरी अनि ७ नाति र ७ नातिनी रहेका छन् । उहाँको स्वर्गारोहण मिति २०६९ साल चैत्र महिना ११ गते आइतबारका दिन बिहान २ः३० बजे आफनै निवासमा भएको थियो ।  उहाँका दुई जना छोरा कतारमा र दुई जना छोरा दुबईमा भएको हुनाले छोराहरुको लागि र सर्बसाधारणलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नका लागि उहाँँको प्राथिब शरिरलाई आफनै निजी निवास घैलाडुब्बा – ७ (टेकनारायण बारीमा) बरफमा राखिएको छ भने भोलि मिति २०६९ साल चैत्र १२ गते सोमबार दिउसो २ः३० बजे अन्तिम यात्रा गरि कन्काई माईमा अन्त्यष्टि कार्य गर्ने पारिवारिक श्रोतले जानकारी दिएका छन् ।
सोरा (सोसल अर्गनाइजेशन अफ राजबंशी एब्ओरिजिन्स) संस्थाको तर्फबाट उहाँको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दैै हार्दिक समवेदना व्यक्त गर्दर्छो साथै परिवार जनमा यस दुःखको घडीमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् । उहाँको निधनले सम्पुर्ण नेपाली कला जगतमा अतुलनिय क्षति पुगेको छ ।
उहाँको जिवनकालमा उहाँ संग सोरा संस्थाका केन्द्रिय सचिब अरुण राजबंशीले गरेको कुराकानीमा आधारित छ ।