Saturday, February 4, 2012

राजवंशी युवतीको 'फ्युजन क्याटवाक'

राष्ट्रिय
राजवंशी युवतीको 'फ्युजन क्याटवाक'
गोरखापत्रबाट गौरीगन्ज समाचारदाता
दमक, माघ २१ गते" बेलुकी साझ पर्दै थियो" मानिसहरूको भीडभाड निक्कै देखिन्थ्यो" विशाल मञ्च अगाडिको साउन्ड सिस्टमबाट पश्चिमी सङ्गीत बज्न थालेपछि मञ्चमा निस्कन थाले राजवंशी सुन्दरीहरू"
एकपछि अर्को गर्दै फेशन प्रदर्शनीमा जसरी क्याटवाक गर्दै मोडलहरू निस्कन्छन् त्यहि शैली पछ्याउादै उनीहरूले आफ्नो प्रदर्शनी गर्न थालेपछि दर्शकहरू उत्साहित बने"
झापाको दमकमा माघ १४ देखि सुरु भएको आदिवासी जनजाति सांस्कृतिक महोत्सवको सन्दर्भमा शुक्रबार सााझ राजवंशी युवतीहरू आफ्नै मौलिक पोशाकमा क्याटवाकमा निस्किएपछि महोत्सवका दर्शकहरूले मज्जाले रमाइलो गरेका थिए"
'मिस राजवंशी २०५८' राधिका राजवंशीसहित डेढ दर्जनभन्दा बढी राजवंशी युवतीहरू परम्परागत पेटानमा हिल भएका जुत्ता लगाएर क्याटवाकमा उत्रिएपछि आदिवासी नेपाली संस्कृतिमा पाश्चात्य फ्युजन झल्कन्थ्यो"
सङ्गीत पनि पाश्चात्य नै थियो भने उनीहरू पनि जसरी मोडलहरू प्रस्तुत हुन्छन् त्यसरी नै प्रस्तुत भएका थिए"
पूर्वेली दर्शकहरूले प्रत्यक्ष रूपमा आदिवासी महिलाहरूले क्याटवाक गरेको हेर्न पाएकोमा दङ्दास भएको बताएका थिए" स्थानीय नेतादेखि लिएर सबै वर्गका दर्शकहरू मञ्चको सामुन्नेमा बसेका थिए" नेपाली कााग्रेस दमक नगर सभापति ढुण्डिराज भण्डारीले प्रतिक्रिया दिनुभयो-कुनै जाति पनि कम छैनन् भन्ने कुरा यसबाट झल्किएको छ भने उनीहरू विस्तारै आधुनिक भइसकेको झलक पनि दिएको छ"!
पूर्वी नेपालमा मात्र बसोबास रहेको यहााको आदिवासी समुदाय राजवंशी पिछडिएको जातिको रूपमा रहेको छ भने उनीहरूलाई राजनीतिक शैक्षिक लगायतका विषयमा अझै पनि माथि उठ्न सकेको छैन" परम्परागत रुढीवादी संस्कार व्याप्त रहेको बताइरहादा 'फ्युजन' रूपमा क्याटवाक गर्नसम्म राजवंशी युवतीहरू अगाडि आउनुले उनीहरूको परिवर्तित मानसिकता प्रस्टिएको छ"
कतिपयले भने परम्परागत संस्कृतिलाई बिगारेको पनि आरोप लगाए भने कतिपयले समस सापेक्ष चल्नुपर्ने भएकाले यस्ता पहिचानलाई विश्वव्यापी बनाउन यस्तो प्रदर्शनी आवश्यक रहेको बताए" एक आदिवासी नेताले भन्नुभयो- परम्परागत भेषभूषालाई अङ्ग छोप्ने गरी लगाउनुपर्नेमा तडक फडक खालको प्रस्तुतिले संस्कृतिमाथि प्रश्न खडा हुन सक्नेमा सचेत बन्नुपर्छ"
२६ गतेसम्म चल्ने आदिवासी जनजाति सांस्कृतिक महोत्सवको आकर्षण नै आदिवासी जनजातिको पहिरन र यस्तो प्रकारको प्रदर्शनी भएकाले यसलाई अन्यथा लिनु नहुने आयोजकको भनाइ रहेको छ" महोत्सव सांस्कृतिक विभाग उपसमितिका संयोजक पदम जबेगुका अनुसार धिमाल, मगर, राजवंशी, ताजपुरियालगायतका जातिका युवतीहरू क्याटवाकमा उत्रने कार्यक्रम रहेको छ"!!

0 comments:

Post a Comment