Friday, April 5, 2013

Final preparation of Kochila Ekta Morcha's First national convention

Final preparation of Kochila Ekta Morcha's First national convention in Gauriganj on 30th and 31st Chaitra 2069 is Complete. They held a Press Meet in Birtamode and appealed for making the National Convention Successful to all the peoples of Kochland. Press Release of Kochila Ekta Morcha is given below

मितिः २०६९/१२/२४

कोचिला एकता मोर्चा, केन्द्रिय कमिटिको प्रेस रिलिज

२०६२ / २०६३ को जनआन्दोलन र मधेस आन्दोलन, दश बर्षे जनयुद्धको उपलब्धिको रुपमा हाम्रो देश संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरिसकेको अवस्थामा पटक पटक संबिधान सभाको म्याद थपिदै अब अन्तिम पटक २०६९ साल जेठ १४ गते सम्पुर्ण आदिबासी जनजाती, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक नेपाली जनताहरुको अधिकारलाई समेटने नया संबिधान पाउने आशामा बसिरहेको बेला देशका ठुला भनाउदा दलहरुले संबिधान सभालाई बिघठन गरि कानुन बिपरित केहि महिना तलब भत्ता पचाउन सरकार चलाएर अब फेरि कानुनका रक्षक मानिएका देशका प्रधानन्यायधिसलाई सरकार चलाउन दिएको नेपाली जनतालाई बिद्धितै छ र देश फेरि संबिधान सभाको चुनाबमा जाने प्राय निश्चित भैसकेको छ । तसर्थ संबिधान सभाको चुनाबमा कोचिलाराज्य सहितको राज्यपुनसंरचनाको खाका लिएर देशका ठुला भनाउदा दलहरु चुनाबि घोषणा पत्रमा राख्ने कुरा सबैे कोचबासीहरुले बुझेको छ तर अबका दिनहरुमा फेरी पनि सोझा साझा कोचहरुलाई भोट बैंक बनाएर गैरकोचहरुले उनीहरुको रगत पसिनामा रझाई गर्ने दिवा सपना नदेख्न ति स्यालहरुलाई खबरदारी गर्न चाहन्छौं र यस्तो चलखेल देशका सुदुरपुर्व जिल्लाका भुमिपुत्र कोचआदिबासीहरुलाई कदापी मान्य छैन र सोहि अनुरुपको ब्वासाहरु कुनै राजनैतिक दलले ल्याए फेरी नयाँ क्रान्ति , आधिकारको लागि जस्तो सुकै लडाइ लडन हामी तयार रहेको जानकारी गर्न चाहन्छौं । नया नेपालको नयां संबिधान पाउनको लागी देश भरका नेपाली जनताले ६०१ जना सभासदलाई दिएको म्यान्डेट बिपरित ब्यक्तिगत स्वार्थ र दलहरुको खिचातानीले पटक पटक म्याद थप्दा पनि अग्रगामी र पुर्वका कोच समुदायहरुको अधिकार मुखि संबिधान आउने आशामा बिश्वस्त रहि केहि पनि कदम नचलाएको तर अहिले अब अन्तिम घडीमा ऐतिहासिक आन्दोलन र कोच राज्यकाशहिदहरुको बलिदानीलाई बेवास्ता गर्दै कोचिला राज्यमा कोच अग्राधिकार भएकोे चुनाबी घोषणा पत्र र गैरकोच उमेद्धवार जारि गरि कोचबासीका आँखामा छारो हाल्ने र देशलाई अन्यौल तिर धकेली यहाँका जनतालाई फेरी पनि बलिको बोका बनाउन गइरहेको सम्पूर्ण राष्टिय राजनैतिक दलहरुलाई चांडै पार्टी भित्र आन्तरिक सहमति गरि संबिधानसभाको चुनाबी घोषणा पत्रमा र पछि बन्ने संबिधानमा आत्मनिर्णयको अधिकार सहितको कोचिला राज्य, सम्पुर्ण जनताको भावनालाई समेटी जनअधिकारमुखी संबिधान बनाउन र नयां संबिधानमा आदिबासी जनजातीहरुले प्राप्त गर्ने स्वयत्त राज्य, अन्तराष्टिय अभिसन्धि आई.एल.ओ १६९ अक्षरस पालना हूने गरि आदिवासी जनजाती मैत्री संबिधान निर्माण गर्न तिर अग्रसरता देखाउन यस कोचिला एकता मोर्चाको पहिलो राष्टिय अधिबेषण मार्फत सम्पूर्ण राजनेता तथा राजनैतिक दलहरुलाई हार्दिक अपिल गर्नेछौं । साथै हजारौ नेपाली सपुतहरुको रगतको बलिदानी पछि प्राप्त संविधान सभा नै कहिले नचाहेको मुठी भरका संबिधान बिरोधि तत्वहरुको बिरोध गर्न संघियता, गणतन्त्र र जनपक्षधर सम्पुर्ण राजनेता र राजनैतिक दलहरुलाई अनुरोध गर्दछौं भने संघियता, गणतन्त्र रक्षार्थ आआफनो स्थानबाट कोच अधिकारको आवाज उठाउन सम्पुर्ण अग्रगामी कोचिला राज्यका जनताहरुलाई हार्दिक अपिल गर्नेछौं ।
यस पत्रकार सम्मेलन मार्फत कोचिला एकता मोर्चाको पहिलो राष्टिय अबिधेशनको सम्पुर्ण तयारीहरु भैसकेको जानकारी गराउन चाहन्छु । उक्त अधिबेशनको लागि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष बिजय कुमार गछद्धार प्रमुख अतिथि साथै डा.चैतन्य सुब्बा, क.देब गुरुङ, अशोक राई , राजकुमार लेखी, आङकाजी शेर्पा, नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद झापा, मोरङ, सुनसरीका अध्यक्ष लगायतका कोच राज्य स्थापनार्थ आ – आफनो ठाउबाट योगदान पुर्याउदै आउनु भएका बिशिष्ठ महानुभाबहरुले उदघाटन सत्रलाई सम्बोद गर्ने कुरा पत्रकार मित्रहरुलाई जानकारी गर्न चाहन्छु । कोचिला एकता मोर्चाको प्रथम राष्टिय अधिबेशन यहि मिति २०६९ साल चैत्र ३० , ३१ गते गौरिगंञ्ज उच्चमा.बिको प्राङगनमा गर्ने तय भएको हुँदा उक्त दिन कुनै प्रकारका बन्द हडताल कार्यक्रम नगरिदिन हुन सम्पुर्ण राजनैतिक दल , संघ संस्था र सर्वसाधरणहरुलाई अनुरोध गर्दछौं । हाम्रो अधिबेशनलाई सफल पार्न १५००। जना (Special Task Force) एस.टि.एफ स्वयमसेवकलाई तालिम दिई उक्त अधिबेशन सफल गराउन परिचालित गरिने कुरा यहाँहरुलाई जानकारी गर्दछौं । comrade भरत राजबंशीको संयोजकत्वमा एस.टि.एफ परिचालन समिती, कमरेड भाष्कर को संयोजकत्वमा साँस्कृतिक समिति, कमरेड कूसुमको संयोजकत्वमा अतिथि सत्कार समिती, कमरेड ब्रहमलालको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ भने उप – उसमितीहरु पनि गठन गरिएको छ ।

संयोजक
कोचिला एकता मोर्चा

प्रथम राष्टिय अधिबेशन मुल आयोजक समिति

0 comments:

Post a Comment