Tuesday, August 6, 2013

How Landlord Deuniya Ganga Rajbanshi was made landless?

जाल झेलमा परि भुमिहिन हुने गंगा राजबंशी
राजबंशी समुदायका अधिकांश हुने खाने देउनीयाहरुको सोझोपनको फाईदा उठाई ठगी जाल साजीमा परि आफनो पैतृक सम्पतिबाट बिमुख पारि सुकुम्बासी जीवन विताउन पारिएका हजारौं उदाहरण मध्ये चारपाने – ३, कचुबारीका देउनीया गंगा राजबंशीलाई भुमिहिन बनाईएको सत्य कथा यहाँ प्रस्तुत गरिएको छ । यो कथा तयार पार्दा सम्म उहाँ जिवित हुनु हुन्छ र घैलाडुब्बा गा.बि.स बार्ड नं ७मा सुकुम्बासी जिवन बिताईरहनु भएको छ भने पिडक पनि जिबितै रहेको साथै उ अहिले अरबौको जग्गाको मालिक भएर शाही ठाटबाटको जिवन बिताईरहेको छ ।
हल चारपाने – ३ विर्ताबजारबाट पश्चिम पटि कचुबारी भन्ने स्थानमा २०१३ सालमा गंगा भटराई नाम गरेका एकजना भिखारी भिख माग्दै त्यस गाउमा बास बस्न पुगेछ । जुन घरमा उनी बास बसेका त्यस घरका घर मालिक तत्कालिन देउनियाको नाम गंगा राजबंशी रहेछ । दुबै जनाको नाम एउटै भएकाले ति भिखारीले हामी मित लगाउ भनि प्रस्ताब गरेछन् । राजबंशी समुदायमा मितेरी साईनो १३ दिन बार्ने घरकै सदस्य झै हुने साईनो हो र कसैले प्रस्ताब गरेमा चाहे भिखारी होस या अन्य तल्लो जातका होस उक्त प्रस्तावलाई अस्विकार गरेमा ठुलो पाप लाग्ने जनबिस्वास रहेकोले गंगा राजबंशीले ति भिखारीको प्रस्ताब स्विकार गरे । उक्त भिखारीको झोला बाहेक केहि नभएका कारण गंगा राजबंशीले आफना मितालाई कटेरो बनाईदिई ३ बिगाहा खेत वाली अधिया गरि खानुस अब तपाईले भिख माग्न दुनिया चाहार्नु पर्दैन भनि दिए । मित लगाएको केहि महिना पछि मित ज्यु हाम्रो घर घुम्न जाऔं अनि म पनि मेरो परिवारलाई यहाँ ल्याउछु भनि प्रस्ताव गर्यो । उनले प्रस्ताब स्विकार गर्यो अनि इलाम पुगेर आफना भिखारी अन्य साथीहरुलाई लिएर जङगलमा लगि चरम यातना दिन लगाइयो र उनलाई आफनो ज्यानको सटा सबै जग्गा पास गर्ने सर्तमा त्याहा बाट मालपोत कार्यलय ईलाममा लगि उनलाई आफनो जायजेथा पास गर्न लगाईयो । तत् पश्चात पनि उनलाई मार्न भनि एक घरमा हातखुटा बाँधि बन्धक बनाई राख्यो त्यस अवस्थामा उक्त घरकी एकजना लिम्बु थरकी बुढी बज्यैले उनलाई भाग्न मद्धत गरी, त्यस पछि उनी भागेर आफनो घर आउदा गंगा भटराईले प्रहरीको सहयोगमा परिवारलाई त्याहा बाट घर निकाला गरि दिएको अबस्था थाहा पाए पछि उनि मानसिक सन्तुलन गुमाउन पुगी केही बर्ष सम्म भिखारी भएर आफनो जिबिकोपार्जन चलाउन थाल्यो । बर्ष दिन पछि आफन्तले फेला पारेर घैलाडुब्बामा उनलाई राखियो । पछि २०३४ साल तिर घैलाडुब्बाका देबि प्र. उप्रती जिम्दारका पालामा उक्त जिम्दारले तिम्रो जग्गा गंगा प्र. उप्रती संग मुद्धा लडेर म तिम्रो जग्गा दिलाई दिन्छु तिमी शरणामतीमा १० बिगाहा जग्गा लेऊ भनेर गंगा प्र. राजबंशी संग सबै जग्गा जमिनको धनी पुर्जाहरु लगायतका अन्य कागजातहरु जिम्दारले राखे तर उनलाई शरणामतिको जग्गा पनि दिइएन । पछि धनी पुर्जा माग्दा पनि फिर्ता दिएनन् । यसरी नै धेरै व्यक्तिहरु, नेताहरुले जग्गा फिर्ता गराईदिने आस्वासन दिदै पञ्चायती व्यवस्था, प्रजातन्त्र पनि आयो । पछि २०५४ सालमा माओवादी सशस्ब द्धन्दको बेला ने.क.पा (माओबादी)का तत्कालिन कमान्डर क. चतुरमान सिंह राजबंशी, क. गौराी शंकर खड्का लगायतका नेताहरुले झापामा सबै भन्दा पहिला तपाई जस्ता पिडितलाई जग्गा दिलाएर मात्र सर्वहारा बर्गको उत्थान हुन्छ तपाई ढक्क हुनु होस हामी तपाईको जग्गा फिर्ता गराउछौ , यो गंगा प्र. भटराई अपराधी, सामन्त, सोसक हो यसबाट हामी तपाईको जग्गा फिर्ता गराएर तपाई जस्ता पिडितलाई न्याय दिलाउन कै लागि यो पार्टी क्रान्तिमा होमिएको हो भनि अस्वासन दिएको आज सम्म पनि न्याय दिलाउन नसकेको कुरा गंगा प्र. राजबंशीका छोरा कल्याण राजबंशी गहभरि आँसु र आक्रोस पोख्दै भन्छन् अब कुनैले केही गर्दा पनि हामी जस्ता पिडितहरुले न्याय पाउने छैनौ । सबै राजनैतिक दलहरु शोषक बर्गकै पक्षमा ओकालत गर्छन , गरिबहरुको लागि कुनै दल छैन । गंगा प्र. राजबंशीका २ छोरा, १ छोरी , २ नाति नातिनाका साथ हाल सम्म पनि भुमिहिन सुकुम्बासी जिवन बिताइरहेका छन् ।
यदि राज्यले चाहेमा मन्त्री परिषद बाट निर्णय गरेर पनि यस्ता पिडित व्यक्तिहरुलाई न्याय दिन सक्नु पर्छ तब मात्र साँचो अर्थमा गणतन्त्र देशमा रहेको जनताले महसुस गर्न सक्छ नत्र जुन जोगी आए पनि कानै चिरेको भने झै सासन सत्ताको नाम मात्र परिबर्तन गर्ने अनि फेरी त्यही परिपटी त्यस्तै मनस्थितीका मानिसहरुले राज्य गरि नै रहने छन् । यस्तो भएमा हाम्रो नेपाल नयाँ नेपाल नभई गरिब नेपाल रहिरहनेछ ।

0 comments:

Post a Comment