Saturday, September 1, 2012

राजबंशीहरुलाई सरकारले नै भुमिहिन बनाएको हो ।

ढडुवा राजबंशी एउटा उदाहरण मात्र हो तर झापा र मोरङ्ग जिल्लाका हजारौ राजबंशीहरुलाई तत्कालिन सरकार र महेन्द्र शाहको भुमिसुधारले सखाप पारेको कुरा सत्य हो त्यसैले अबको संघिय लोकतान्त्रिक व्यवस्थामा यहाँका भुमिहिन बनाइएका राजबंशीहरुलाई सरकारी भुमि मुअब्जाको रुपमा दिएर उक्त अन्यायको बदलामा गरिबहरुलाई उचित न्याय उपलब्ध गराउन तिर सरकारलाई हामी ध्यानाकर्षण गर्न चाहन्छौं ।

भुमिहीन बनाइएका पथरिया निवासी ढडुवा राजबंशी
 आदिमकालदेखि पूर्वीे जिल्ला झापा, मोरङ र सुनसरीमा बस्तै आएका राजवंशी जातिहरु कुनैबेला भूमिपति थिए । उनीहरु हजारौ विघा जमिनका मालिक थिए । उनीहसंग अथाह सम्पति पनि थियो । तिनै भूमिपतिहरु कालान्तरमा भूमिहिन
भएका छन् । कोही अरुका घरमा गोठाला भएका छन् भने कोही रिक्सा मजदुर बनेका छन् । यिनै विषयवस्तुलाई समेटेरे आत्माराम राजवंशीले शनिवारका लागि तयार पारेको एक विषेश रिर्पाेट ः

ढाडुवा राजवंशी अहिले हरेक दिनजसो अर्काको बनिबुतो गर्न जान्छन् । उनै ढाडुवा कुनै बेला आफ्नोमा कति जना मजदूर काम गर्न आए भनेर हिसाब–किताब राख्ने जिम्मेवारीमा थिए । त्यसबेला उनका बाबुका नाममा ५ सय बिगाहा जग्गा थियो । अहिले उनका नाममा पाँच कठ्ठा जग्गा छ ।
बालुबाडीका हजारु राजवंशी यतिखेर गाउँलेका हिउँदे व्याडमा बीउ काड्दै भेटिन्छन् । एक मुठा बीउ काड्दा दुई रुपैयाँ लिएर गुजारा चलाएको पनि निक्कै वर्ष भइसक्यो । उनलाई चिन्नेहरुका अनुसार कुनै बेला एक हजार बिगाहा खेतका धनी भएकाले उनको नामै हजारु राखिएको थियो ।
ढाडुवा र हजारु मात्र हैन, भूमिपुत्रको रुपमा चिनिएका राजवंशीहरु क्रमशः भूमिहीन बनिरहेका छन् । झापा मोरङ र सुनसरीमा बहुल बसोबास गरेको यो समुदायले तराईमा बस्ती बसाउने क्रममा झोडा फाँडेर तराईलाई आवाद गरेको दाबी गर्ने गरेको छ ।
झापा बालुबाडी गाविसका निवर्तमान उपाध्यक्ष गंगालाल राजवंशीका अनुसार यो जातिको सोझोपनको फाइदा उठाएर बाठाहरुले जग्गा हड्प्दा उनीहरु भूमिहीन बनेका हुन् । राज्य र अन्य समुदायका टाठाबाठाको दोहोरो मारको कारण आफूहरु ओह्रालो लागेको उनको ठम्याई छ ।
सरकारले ०२१ सालमा भूमिसुधार ऐन लगाएर स्थानीयका जग्गा हडप्ने नीति ल्याएपछि त्यसको सबैभन्दा ठूलो मार राजवंशीहरुले खेपेको उनीहरुको दाबी छ । राजवंशी बसोबास क्षेत्रमा त्यसबेला हरेक जसोसंग ३ सय ४ सय बिगाहा जग्गा थियो ।
‘राजवंशीको सोझो र बहादुरीपनको फाइदा उठाएर जंगल फडानी गर्न लगाए’, नेपाली काङ्गे्रस बालुबाडी सभापति भरत राजवंशी भन्छन् – ‘घना जंगल आवाद गर्न लायक भएपछि सरकारले कब्जा गरेर राजवंशीलाई रित्तै बनायो ।’
जंगल फाँड्दा डढेर, रुखले किचेर र त्यसबेलाको औलोले कैयौं राजवंशी युवा मरे पनि तिनलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ भनेर कहिले नसोचेको गुनासो भरतले गरेका छन् ।
सरकारले त्यतिबेला तराईमा २८ बिगाहा मात्र राख्न पाउने नियम लगाएको थियो । यो जग्गा पर्याप्त भए पनि उत्पादन नहुने, सिंचाई नहुने र भारतीय सीमा क्षेत्रको जग्गा छोडेर राम्रो जति जग्गा सबै सरकारले आफ्ना मान्छेलाई दिएको गुनासो राजवंशीहरुले गरेका छन् ।
यस्तै गुनासो र पीडा बोकेर हिँडेका पथरीया–१ का ढाडुवा राजवंशी २०२१ सालमा उनीसंग भएको ५ सय बिगाहा जग्गा ०२२ साल माघ छ गते २८ बिगाहामा झर्यो । अहिले उनीसंग सरकारले अधिग्रहण गरेको कागज चाहिँ सुरक्षित छ तर उसले छोडेको २८ बिगाहा जग्गाको अवशेषको रुपमा घरबास मात्र बाँकी छ । ‘मान्छेले सोधे यही कागज देखाउँछु’, अधिग्रहण गरिएको कागज अस्कोटको गोजीबाट निकाल्दै उनले भने – ‘सरकारले छोडेको जग्गा यति नकामको थियो, त्यहाँ फलेको अन्नले खानै नपुग्ने ।’
ढाडुवाका अनुसार त्यसबेला सरकारबाट खटिइआएका भूमि सुधार अधिकारीले आफूलाई कित्ता रोज्न लगाउँथे । तर, कुन कित्ता कता पर्छ भन्ने नै थाहा हँुदैन थियो । आवादी कित्तालाई नराम्रो भनेर भनिदिन्थे र नराम्रोलाई राम्रो भनेर रोज्न लगाएका कारण आफूहरु झन् बढी पीडित भएको उनको गुनासो छ ।
त्यसबेला उनीहरुबाट खोसिएका कित्ता काठमाडांै र अन्य ठाउँका मानिसलाई सस्तोमा बिक्री गरिएको उनीहरुको गुनासो छ । त्यसबेला तराईमा जग्गाको दाम प्रतिबिगाहा अब्बलको ७ सय रुपैयाँ, दोयमको ५ सय रुपैयाँ र सिमको ३ सय रुपैयाँ रहेको थियो । भूमिसुधारले जग्गा लगेर मात्र आफूहरुको यो कुदिन आएको भन्ने कुरामा यो समुदायका युवाहरु सहमत छैनन् । उनीहरुका अनुसार आफ्ना पुर्खाको भूमि हडपेपछि सरकारले पुनः जग्गा दर्ता गर्नुपर्ने नियम ल्यायो । यतिबेला विभिन्न कागज नमिलेको भन्दै भूमि पुनः हडप्ने काम भएको गुनासो उनीहरुको छ ।
आफूसंग भएको जग्गालाई सदुपयोग गर्न नसकेर र फजुल खर्च गर्ने बानीले समेत राजवंशीहरुलाई भूमिहीन बनाएको यो समुदायका अगुवाहरुको भनाई छ । काङ्ग्रेस सभापति भरतका अनुसार खर्चिलो संस्कारलाई पछ्याउनु पर्ने बाध्यताले राजवंशीलाई गरीबमाथि गरीब बनाउँदै लगेको छ । उनका अनुसार बनी गरेर परिवार पाल्ने राजवंशीले पनि वर्षमा २० हजार रुपैयाँसम्म त विवाहमा दाइजो र उपहार दिएरै सक्छन् । ‘समाजमा इज्जत राख्नु पर्ने बाध्यता छ’, भरतले भने – ‘दाइजो र उपहारमा वर्षेनी करिब ४० हजार खर्च मैले व्यहोरेको छु ।’
राजवंशीहरुले सिरुवादेखि लिएर ग्रामपूजासम्म गरेर वर्षमा १० वटा पर्वमात्र मनाउँछन् । ती पर्वमा आफन्त बोलाउने र उनीहरुकहाँ खान जाने चलन अझै यथावतै छ । ‘पर्व पनि हाम्रा लागि अभिशाप बनेका छन्’, एक राजवंशी युवा भन्छन् – ‘पर्व छोट्याउने र खर्च घटाउनेतिर अझै कसैको ध्यान नगएकोले हामी आर्थिक रुपमा ओह्रालो लाग्ने क्रम यथावत छ ।’
करिब १५ लाख जनसंख्या रहेका राजवंशी जातिमा शिक्षाको कमीको कारणले आफ्नो जायजेथा संरक्षण गर्ने चेत पलाउन नसकेको हरिचन्द्र राजवंशीको ठहर छ । उनका अनुसार यो जातिमा शैक्षिकस्तर नउठेसम्म सहज सामाजिक रुपान्तरण हुन सक्ने अवस्था छैन ।
राजवंशीकै थातथलोको रुपमा रहेका जुरोपानी घर भएकी खजुरगाछी माविकी शिक्षिका देवयन्ति राजवंशीले बसाई नसरी एकै ठाउँमा बसिरहने चलनले पनि यो समुदाय सामाजिक रुपान्तरणमा पछि परेको बताउँछिन्् । ‘बसाईसराई मानव विकासको लक्षण हो तर यो समुदायको बसाइसराई दर शून्यप्रायः छ’, उनी भन्छिन् – ‘जसले गर्दा पनि यो जाति सामाजिक विकासमा पछाडि परेको हो ।’

0 comments:

Post a Comment