Sunday, September 2, 2012

Congratulation to Mr. Dalmiya

Congratulation Mr.Dalmiya!




Congratulation ! Mr. Bijay Dalmiya!
। । हर्दिक बधाई । । समाजसेवी, युवा उधोगी, एस.एस.फुटवेयरका संचालक एवम् हाम्रा आदरणीय दाजु बिजय डालमिया मेचि उधोग वाणिज्य संघको गरिमामय अध्यक्ष पदमा बिजय हुनु भएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभ कामना । सोरा परिवार
SORA TEAM

Elected President of Mechi Commerce and Industries Association Mr. Bijay Dalmiya

 

मेचीनगर, भदौ १६ । उद्यमी व्यवासीहरुको साझा संस्था मेची उद्योग वाणिज्य संघ मेचीनगर झापाको नयाा कार्य समिति चयनका लागि शनिवार भएको मतदानमा ९५ प्रतिशत वढीले मतदान गरेका थियो ।  समाजसेवी, युवा उधोगी, एस.एस.फुटवेयरका संचालक बिजय डालमिया मेचि उधोग वाणिज्य संघको गरिमामय अध्यक्ष पदमा बिजय हुनु भएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभ कामना ब्यक्त गर्दछौं । उहाँले प्रल्हाद मणि ओलिलाई निकै भारि मतको अन्तरालमा पछि पार्दै अत्याधिक बहुमतले बिजयी हुनु भएको छ ।
धुलावारीस्थित राधास्वामी भवनमा विहान झण्डै ९ वजेवाट शुरु भएको मतदान प्रकृया अपरान्ह साढे ४ वजे सम्म चलेको थियो । वाणिज्य संघको निर्वाचनका लागि कूल ११ सय ८१ मतदाता रहेकोमा ९५ दशमलव ४३ प्रतिशत अर्थात ११ सय २७ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक अशोक पोखरेलले जानकारी दिनुभयो ।  नया कार्यसमितिका लागि भएको मतदानमा डालमिया लगायत लोकतान्त्रिक समूहका सम्पूर्ण पदाधिकारी विजयी भएका हुन् ।
सदस्य पदमा मात्र दुई जना संयुक्त प्यानलवाट निर्वाचित हुनुभएको छ भने अन्य ८ सदस्य पनि लोकतान्त्रिक समूहवाट निर्वाचित हुनुभयो । लोकतान्त्रिक प्यानल र संयुक्त प्यानलका उम्मेद्वार वीच भएको प्रतिस्पर्धामा लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेद्वार डालमियाले ६ सय ७३ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहााका प्रतिद्वन्द्वी अध्यक्षका अर्का उम्मेद्वार

संयुक्त प्यानलका प्रल्हादमणि ओलीले  २ सय २९ मत कम अर्थात ४ सय ३४ मत प्राप्त गर्नुभयो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक समूहका पंकजविक्रम नेम्वाङ ७ सय ६२ मतसहित विजयी हुनुभयो । पंकजले प्राप्त गर्नुभएको मत वाणिज्य संघको यो निर्वाचनको सवैभन्दा बढी रहेको छ । उहााका प्रत्यासी संयुक्त प्यानलका भूपाल ओलीले ३ सय ४० मत प्राप्त गर्नुभयो । जुन नेम्वाङको भन्दा ४ सय २२ मत कम रहेको छ । त्यस्तै वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक समूहका अजय घिमिरेले ६ सय ३१ मत सहित विजयी हुनुभयो भने उहााका प्रत्यासी खिलवहादुर गिरी राजुले ४ सय ६० मत प्राप्त गर्नुभयो ।
उद्योग उपाध्यक्षमा सञ्जीव साह ५ सय ५४ मतसहित विजयी हुनुभयो भने प्रत्यासी ऋषिराज तिम्सिनाले ५ सय ३५ मत प्राप्त गर्नुभयो । जुन १९ मत अन्तर रहेको छ । महासचिवमा पनि लोकतान्त्रिक समूहवाटै वसन्त तिवारी वुद्धले ६ सय १२ मत प्राप्त गर्दै विजयी हुनुभयो भने प्रत्यासी गोकुल हुमागाई कान्छाले ४ सय ६८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सदस्य पदमा  मतगणनाको शुरुवात देखिनै अग्रता कायम गर्नुभएका धु्रव कनाल सवैभन्दा वढी ६ सय ७७ मत ल्याई मेची उद्योग वाणिज्य संघ मेचीनगर झापाको कार्यकारिणी सदस्यमा विजयी हुनुभएको छ ।
त्यस्तै उदयकुमार श्रेष्ठ ६ सय ६६, वासुदेव कोइराला ६ सय ३९ , कन्चन वराल ५ सय ९८ मत प्राप्त गरी विजयी हुनुभयो । देवीप्रसाद पाठक ५ सय ९३ , झुनादेवी वानिया ५ सय ९२ , विष्णुमाया उप्रेती ५ सय ९२, तेजराज प्रसाई तेजु ५ सय ९० ,लालवहादुर सिंह ठकुरी (जीवन) ५ सय ३९ र चेतराज विष्ट (चेतन) ५ सय २१ मत प्राप्त गरी विजयी हुनुभएको छ । २ जना स्वतन्त्रसहित संयुक्त र लोकतान्त्रिक प्यानलका गरी जम्मा २२ जना सदस्य चुनावी मैदानमा थिए ।
अन्य सदस्य पदका उम्मेद्वारहरु लोकतान्त्रिक समूहवाट रविन्द्रलाल कर्ण र प्रेमप्रसाद शिवाकोटी पराजित हुनुभयो भने संयु्क्त प्यानलका पन्नालाल जैन ( जो वाणिज्य संघको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ), चन्द्र निरौला, राजकुमार पराजुली, हरि मैनाली, दिपेन्द्रराज पाण्डे, कृष्ण प्रसाई, गंगा देवकोटा र रोमिला निरौलाले पराजय व्यहोर्नुभयो । त्यस्तै स्वतन्त्र रुपमा सदस्य पदमा उम्मेद्वारी दिनुभएका इाटाभट्टाका विनय राजवंशी र कााकरभिट्टाका फाल्गुनी दाहाल पनि पराजित हुनुभयो ।
निर्वाचन समितिको पूर्व घोषित कार्यक्रम अनुसार विहान ९ वजेवाट मतगणना हुने भनिएपनि साढे ११ वजे पछि मात्रै मतगणना शुरु भएको हो । मतगणना शुरुअघि त्यहाा रहेका मतपेटिकाको मतपत्र झिकेर मिलाउने काम भएको थियो । यसअघि निर्वाचन समितिले त्यहाा रहेका पर्यवेक्षक, प्रतिनिधि लगायतलाई निर्देशन दिनुका साथै मतपेटिकाको मुचुल्का तयार गरिएको थियो ।
संघको हिजो भएको मतदानमा ९५ प्रतिशत बढीले मतदान गरेका थिए । वाणिज्य संघको निर्वाचनका लागि कूल ११ सय ८१ मतदाता रहेकोमा ९५ दशमलव ४३ प्रतिशत अर्थात ११ सय २७ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक अशोक पोखरेलले जानकारी दिनुभयो ।

यसैबीच नवनिर्वाचित अध्यक्ष डालमियाले आफूहरुको प्रतिवद्धतापत्र अनुसार मेची उद्योग वाणिज्य संघको विकासका लागि काम गर्ने जनाउनुभएको छ । विजय भएलगत्तै हामीसंगको कुराकानीमा उहााले लोकतान्त्रिक समूहको प्रतिवद्धता पत्र अनुसारका काम तत्काल अगाडि बढाउने र आफू सधैं यहााका उद्योगी व्यपारीको हितमा रहने बताउनुभयो ।
निर्वाचन समितिले अपरान्ह ४ वजेसम्म मतदानको समय तोकेपनि मतदान क्षेत्रभित्र प्रवेश गरिसकेकालाई अरु थप समय दिइएको थियो ।
संघको निर्वाचनका लागि “कृषि पर्यटन र उद्योग–व्यपार, विकासको पूर्वाधार, परिवर्तन र समृद्धिको लागि लोकतान्त्रिक उम्मेद्वार” भन्ने नारा राखेको लोकतान्त्रिक समूहवाट विजय डालमिया र संयुक्त प्यानलका तर्फवाट प्रल्हादमणि ओली अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रनु भएको थियो । ।
त्यस्तै लोकतान्त्रिक समूहवाट वरिष्ठ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वाणिज्य उपाध्यक्षमा अजय घिमिरे, उद्योग उपाध्यक्षमा सञ्जीव साह, महासचिवमा वसन्त तिवारी (वुद्ध) रहनुभएको छ । उता संयुक्त प्यानलवाट वरिष्ठ उपाध्यक्षमा भूपाल ओली, उद्योग उपाध्यक्षमा ऋषिराज तिम्सिना, वाणिज्य उपाध्यक्षमा खिलबहाुदर गिरी( राजु) र महासचिवमा गोकुल हुमागाई कान्छा चुनावी मैदानमा हुनुहुन्थियो । ।
लोकतान्त्रिक समूहवाट सदस्य पदमा  धु्रव कनाल, विष्णुमाया उप्रेती (मैया), झुनादेवी बानिया, उदयकुमार श्रेष्ठ, देवीप्रसाद पाठक, कञ्चन वराल, रविन्द्रलाल कर्ण, प्रेमप्रसाद शिवाकोटी ,बासु कोइराला, लालवहादुर सिंह ठकुरी (जीवन) रहनुभएको थियो  भने संयुक्त प्यानलवाट सदस्य पदमा पन्नालाल जैन, चन्द्र निरौला, राजकुमार पराजुली, हरि मैनाली, चेतराज विष्ठ (चेतन), दीपेन्द्रराज पाण्डे, तेजराज प्रसाई (तेजु), कृष्ण प्रसाई, गंगा देवकोटा र रोमिला निरौला चुनावी मैदानमा उत्रनुभएको थियो । ।
त्यस्तै सदस्य पदका लागि इाटाभट्टाका विनय राजवंशी र कााकरभिट्टाका फाल्गुनी दहालले स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो । । अध्यक्षका प्रत्याशीद्वय डालमियाले मेची उद्योग वाणिजय संघको पूर्व अध्यक्ष तथा ओलीले संघको केही कार्यकाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

0 comments:

Post a Comment